
Rgp
Gfs
Unsku
Lnp
cjs
pku
sbs
Pbu
Sgr
Djs
Pes
Rgp1
Srbpu
Ggp

Ssm
Gst
Bbbpu
Bbu
Rsb
Ksm
Ggd
Hal
Rgu
Sbs
Rgs
Wsp
Rgu
nsb
Pvg
Tsm
Sls
Vor
Asm

Jmb
Ptm
Rmb
Gsb
Mks
sab
Rpp
Jmb
bbt
Pls
Abd
Bml
Syp
काठमाडौँ । नेकपा एमालेले पार्टीका पूर्वउपाध्यक्ष भीम रावललाई आज पार्टीबाट निष्कासन गरेको छ ।
बुुधबार पार्टी कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले रावललाई पार्टी सदस्यताबाट निष्कासन गर्ने निर्णय गरेको स्रोतले बतायो । रावल हाल पार्टीको केन्द्रीय सल्लाहकार परिषदका सदस्य छन् । उनी चार दशकदेखि पार्टीमा सक्रिय थिए।
त्यस्तै पार्टीका दुई जना केन्द्रीय सदस्यहरु बिन्दा पाण्डे र उषाकिरण तिमिल्सिनालाई ६/६ महिना पार्टी सदस्यताबाट निलम्बन गरेको छ । व्यापारी मीनबहादुर गुरुङले पार्टीका लागि कीर्तिपुरमा १० रोपनीभन्दा बढी जग्गामा अत्याधुनिक भवन बनाइदिन शिलान्यास गरेपछि कम्युनिष्ट पार्टीको आचरणविपरीत दान लिन नहुने भन्दै तीन जनाले विरोध गरेका थिए । उनीहरुलाई प्रष्टीकरण सोध्दै पार्टीले कारबाहीको तयारी गरेको थियो ।
यस्तै सर्वोच्च अदालतले त्यसविरुद्ध परेको रिट खारेज गर्दै एमालेलाई दान लिन बाटो खुला गरिदिएपछि अध्यक्ष केपी शर्मा ओलीले त्यसविरुद्ध फरक मत राख्ने नेताहरूमाथि कारबाही गरेका हुन् । एमालेमा बहस छलफल र फरक मत निषेध रहेको अवस्थामा ओलीको कदमप्रति विमति राख्नेहरू विरुद्ध उनले कडा कदम चालेका हुन् । सचिवालय बैठकले पुस २१ र २२ गते केन्द्रीय कमिटिको बैठक बोलाउने निर्णय पनि गरेको छ।
