
Djs
pku
Ggp
sbs
Rgp1
Rgp
Gfs
cjs
Srbpu
Sgr
Lnp
Pes
Pbu
Unsku

Bbbpu
Rsb
Ssm
nsb
Ksm
Rgs
Sbs
Sls
Ggd
Hal
Rgu
Asm
Vor
Tsm
Rgu
Gst
Bbu
Pvg
Wsp

Syp
Jmb
bbt
Mks
Gsb
Bml
Pls
Jmb
Abd
Rmb
sab
Ptm
Rpp
दाङ । देउखुरीको राजपुर गाउँपालिकामा आधारभूत तह कक्षा(१-३)को एकीकृत पाठ्यक्रम सम्बन्धि राजपुरका शिक्षकहरुलाई दुइ दिने प्रशिक्षण अभिमुखिकरण कार्यक्रम मंगलबार सम्पन्न भएको छ ।
राजपुर गाउँपालिका शिक्षा तथा सामाजिक विकास समितिका संयोजक र वडा नम्बर ५ का वडा अध्यक्ष नरेन्द्र सिंह भण्डारीको अध्यक्षतामा संचालन भएको अभिमुखिकरण कार्यक्रममा शिक्षकहरुलाई विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम पुरुष २०७६ तथा आधारभूत कक्षा (१-३)को पाठ्यक्रम २०७६ का मुख्य प्रावधान विशेषता संरचना र कार्यान्वयनको बारेमा परिचीत हुने,एकीकृत पाठ्यक्रम तथा व्यावहार कुशलता सीपको अवधारणा तथा पाठ्यक्रममा यस सम्बन्ध भएको व्यवस्थाको व्याख्या गर्ने गराउने,थिममा आधारित एकीकृत सिकाइ सहजीकरण प्रक्रिया संचालन,नेपाली अङ्ग्रेजी गणित,र हाम्रो सेरोफेरो विषय क्षेत्रका पाठ्यक्रम शिक्षक निर्देशिका,विद्यार्थी कार्यपुष्तकको परिचय र प्रयोग सिकाइ क्रियाकलाप छनोट र प्रयोग विद्यार्थी मुल्यांकन शिक्षक योजना निर्माण,पाठ्यक्रममा व्यवस्था भएमा विषय क्षेत्र सिकाइ सहजीकरण नमूना क्रियाकलाप,स्थानीय पाठ्यक्रम सैधान्तिक आधार औचित्य र चुनौती तथा ढाचा सेच परिचित भई कार्यान्वयन सहजीकरण लगायतको विषय वस्तुमा प्रशिक्षण दिइएको हो ।
गाउँपालिकाको शिक्षा शाखा अधिकृत केशव लम्सालको स्वागत मन्तव्यबाट सोमबारदेखि सुरु भएको प्रशिक्षण अभिमुखिकरण कार्यक्रममा राजपुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद खनाल,लेखा अधिकृत भरतमणि पोख्रेल,प्रशासन शाखाका प्रमुख महेश थापा (ठेडी)लगायत राजपुरका गाउँपालिकाको विभिन्न शाखाका प्रमुख व्यक्तिहरुको उपस्थितिमा सोमबार देखि उक्त कार्यक्रमको संचालन भएको थियो ।
शिक्षा विकस तथा समन्वय इकाई दाङको सहयोग र
राजपुर शिक्षा शाखाको आयोजनामा दुई दिन सम्म चलेको प्रशिक्षण अभिमुखिकरण कार्यक्रममा समुह कमा २१ र खमा २२ गरि जम्मा ४३ जना शिक्षकहरुलाई राजपुर शिक्षा शाखा अधिकृत केशव लम्सालले स्थानीय पाठ्यक्रम गणित विषय पाठ्यक्रम शिक्षक निर्देशिका,अङ्ग्रेजी विषय र मुल्यांकन सम्बन्धि र नेपाली विषय टेस्ट बुक शिक्षक निर्देशिका समन्वय सम्बन्धि गाउँपालिकाका प्राविधिक सहायक कामना चौधरी र हाम्रो सेरोफेरो तथा मुल्यांकन विषय सम्बन्धि शंकर माध्यमिक विद्यालयका प्रधानध्यापक अशोक प्रसाद यादवले प्रशिक्षण दिनु भएको थियो ।
राजपुर गाउँपालिका अध्यक्ष लोकराज केसीको अध्यक्षता एवं शिक्षा विकस तथा समन्वय इकाई दाङका प्रमुख देबमणी चौधरीको आतिथ्यतामा सम्पन्न भएको उक्त अभिमुखिकरण कार्यक्रमको संचालन कामना चौधरीले गर्नु भएको थियो ।
