
Ggp
Unsku
cjs
Rgp
Gfs
Srbpu
Sgr
Pes
sbs
Rgp1
Lnp
Pbu
pku
Djs

Gst
nsb
Sbs
Ggd
Rgs
Ksm
Tsm
Bbbpu
Rsb
Rgu
Asm
Ssm
Pvg
Vor
Rgu
Bbu
Wsp
Sls
Hal

Pls
Bml
Mks
bbt
Syp
Rpp
Jmb
sab
Rmb
Ptm
Jmb
Gsb
Abd
दाङ । नेपाली काङ्ग्रेसको १०० दिने अभियान अन्तरगत बृहत अन्तरक्रिया कार्यक्रम सोमबार गढवामा सम्पन्न भएको छ ।
नेपाली काङ्ग्रेस गढवा गाउँपालिका कार्यसमितिकाे आयाेजनामा नेपाली कांग्रेसकाे १०० दिने बिशेष अभियान अन्तरगतकाे बृहत सभा अन्तरक्रिया तथा सन्त नेता स्व.कृष्णप्रसाद भट्टराईकाे १०१ औं जन्म जयन्ती कार्यक्रम सम्पन्न भएकाे हो ।
गढवा कार्यसमितिका सभापति किरण पाैडेलकाे सभापतित्व तथा अभियानका दाङ जिल्लाका लागी केन्द्रिय प्रतिनिधि नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य प्रकाश रसाईली “स्नेही”काे प्रमुख आतिथ्यता एवं लुम्बिनी प्रदेशका सह-महामन्त्री खगराज पाण्डेकाे बिशिस्ट आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा
कार्यकर्ताले गुनासाे सुन्ने र कांग्रेसलाई बलियाे,सबल र जनताकाे पार्टी बनाउनामा सबैले आ-आफ्नाे तह र स्थानबाट याेगदान गर्नुपर्ने र गुटकाे राजनिती नगर्न सुझाव दिएका थिए ।
कार्यक्रममा काङ्ग्रेस गढवाका सचिव पाेषणराज शर्माले प्रस्तुत गरेका तीन वटा प्रस्ताब सर्व सम्मत पारित गरिएकाे छ । प्रस्तुत प्रस्ताब -१.माघ १६ गते सहिद दिबसका दिन गढवाका ८ वटै वडामा सहित दिबस तथा वडा सम्मेलन गर्ने । २- माघ मसान्त भित्र काङ्ग्रेस गढवाकाे तेस्राे गाउँ सम्मेलन सम्पन्न गर्ने । ३- यहीँ पाैष १७ गते नेपाली काङ्ग्रेस दाङ जिल्ला पार्टी कार्यलयले आयाेजना गर्ने १०० दिने बिशेष अभियानकाे समापन कार्यक्रममा उपस्थितीकाे लागि सवै वडा कार्यसमितिलाई निर्देशात्मक अनुराेध गर्ने निर्णय गरिएको छ ।
वडा नम्बर ६ का सभापति हुकुमराज यादबकाे स्वागत मन्तब्यवाट सुरु भएकाे कार्यक्रममा नेपाली काङ्ग्रेस दाङ जिल्ला सभापति शंकरप्रसाद डागी , दाङ क्षेत्र नम्बर १ का सभापति भेषराज पाण्डे,क्षेत्र नम्बर २ का सभापति भिमप्रकाश खड्काले मन्तव्य ब्यक्त गरेका थिए ।काङ्ग्रेसद्वारा निर्वाचित गढवा गाउँपालिका उपाध्यक्ष शारदा चाैधरी,वडा नम्बर ५ का वडा अध्यक्ष लेखराज थापा,वडा नम्बर ७ का वडा अध्यक्ष राहुलदेब चाैधरीले कार्यकर्ताहरुले उठाएका गुनासाकाे जवाफ दिएका थिए भने कार्यक्रमकाे सहजिकरण नेपाली काङ्ग्रेस गढवा सचिव पूर्णप्रसाद चाैधरीले गरेका थिए ।
