
Rgp1
Pbu
Djs
Rgp
sbs
Srbpu
Pes
pku
Sgr
Gfs
Ggp
cjs
Unsku
Lnp

Ksm
Hal
Vor
Rgs
Asm
Wsp
Rgu
nsb
Pvg
Rsb
Sls
Bbu
Gst
Ggd
Sbs
Tsm
Ssm
Rgu
Bbbpu

Rmb
Mks
Gsb
Bml
Abd
bbt
Rpp
Ptm
Pls
Jmb
Jmb
sab
Syp
दाङ । नेकपा एमाले राप्ती गाउँपालिका वडा नम्बर ३ को दोस्रो अधिवेशन शनिबार मसुरीयामा सम्पन्न भएको छ ।
अधिवेशनले रुद्रमणी शर्मा अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन् ।अधिवेशनले शर्मा सहित १५ अन्य पदाधिकारी र सदस्यहरू सर्वसम्मत निर्वाचित भएका छन् । उपाध्यक्षमा अर्जुन न्यौपाने, सचिवमा तुलसा शर्मा,सहसचिवमा बासुदेव जैसी संगीता चौधरी निर्विरोध निर्वाचित भएका हुन् । यसैगरी सदस्यहरूमा पुनम पुन मगर,उज्जला पुन मगर, कमला गिरी,रामबहादुर नेपाली, खुमे सुनार, जालीराम चौधरी,कृष्णप्रसाद पौडेल,रामप्रसाद चौधरी,श्रीपाल चौधरी निर्विरोध निर्वाचित भएका छन् ।
वडा कमिटीका अध्यक्ष सन्तोष अधिकारीको अध्यक्षता एवम् पार्टीका केन्द्रीय सदस्य साजिदा सिद्दिकीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा पार्टीका प्रदेश कमिटी सदस्य जगतप्रसाद पोख्रेल, प्रदेश कमिटी लेखा सदस्य कमलापति चौधरी, जिल्ला सदस्य धर्मराज अधिकारी,जिल्ला सदस्य प्रेम केसी,पालिका कमिटी सचिव भरतमणि न्यौपाने लगायत ६० जना नेताहरूको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन पालिका कमिटी सदस्य लक्ष्मी पोख्रेल गरेकी थिइन् ।
