
cjs
Lnp
pku
Unsku
Srbpu
Gfs
Pes
Pbu
sbs
Rgp1
Sgr
Rgp
Djs
Ggp

Hal
Wsp
Vor
Ssm
Bbu
nsb
Rgu
Gst
Rgs
Rsb
Tsm
Sls
Bbbpu
Asm
Rgu
Sbs
Pvg
Ggd
Ksm

Jmb
Jmb
Bml
sab
Mks
Syp
Rpp
Pls
bbt
Rmb
Ptm
Gsb
Abd
काठमाडौं । प्रहरीले रवि लामिछानेमाथिको अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएको छ ।
सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसूरमा अनुसन्धान गरी तयार पारिएको प्रतिवेदन प्रहरीले सोमबार जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएको हो । अनुसन्धान अधिकृत डीएसपी वसन्त शर्माले अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाएको जानकारी दिए ।
त्यस्तै प्रहरीले लामिछानेलाई कात्तिक २ गते काठमाडौंमा पक्राउ गरेको थियो । सुरुमा सहकारी ठगीमा पक्राउ परेका उनीमाथि संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसूरमा प्रहरीले अनुसन्धान गरेको छ ।
अब जिल्ला सरकारी वकिलको कार्यालयले प्रहरी प्रतिवेदन अध्ययन गरी मुद्दा अदालतमा पेश गर्नेछ । पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन गरेको अभियोगमा लामिछानेसँगै गोर्खा मिडिया नेटवर्कका अर्का सञ्चालक पूर्वडीआईजी छविलाल जोशी, लीला पछाईं, रामबहादुर खनाल र कृष्णबहादुर गुरुङ प्रहरी हिरासतमा छन् ।
त्यस्तै लामछिानेमाथि पोखराको सूर्यदर्शनसँगै बुटवलको सुप्रिम, वीरगंजको सानोपाइला, काठमाडौंको हाम्रो कृषि सहकारी र चितवनको साहारा सहकारीको रकम अपचलनबारे अनुसन्धान गरेको थियो । उनलाई सबै ठाउँमा लगेर प्रहरीले बयान लिएको थियो ।
