
pku
Gfs
Rgp
cjs
Srbpu
Pbu
Sgr
Unsku
sbs
Ggp
Lnp
Pes
Rgp1
Djs

Rgu
nsb
Sbs
Wsp
Sls
Rgu
Vor
Asm
Pvg
Rsb
Hal
Ksm
Bbu
Rgs
Ssm
Bbbpu
Gst
Ggd
Tsm

Syp
Abd
Gsb
Jmb
Pls
Jmb
Mks
Rmb
Ptm
Bml
bbt
sab
Rpp
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने कार्तिक २ गतेदेखि कास्की प्रहरीको हिरासतमा रहेका छन् ।
प्रहरीले उनीविरुद्ध सम्पत्ति शुद्धीकरण,सहकारी ठगी र संगठित अपराध सम्बन्धी कसुरमा अनुसन्धान प्रतिवेदन तयार गरिरहेको छ । सोमबार उनीविरुद्धको अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा पेस गरिने नेपाल प्रहरीका एकजना उच्च अधिकृतले बताए । ती अधिकृत भन्छन्, ‘सोमबार प्रतिवेदन जान्छ ।’
त्यस्तै अनुसन्धान प्रतिवेदन तयार गर्ने काम भइरहेको कास्कीका एसपी श्यामबावु ओलियाले भने,‘मुद्दाको टिमले प्रतिवेदनमा काम गरिरहेको छ ।’उनीविरुद्ध प्रहरीले सम्पत्ति शुद्धीकरण,सहकारी ठगी तथा किर्ते र संगठित अपराध गरेको कसुरमा मुद्दा दायर गर्न सरकारी वकिललाई रायसहितको प्रतिवेदन बुझाउँदै छ । उनीविरुद्ध सम्बद्ध कसुरको सम्पत्ति शुद्धीकरण मुद्दा दायर हुनेछ ।
यस्तै संसदीय विशेष छानबिन समितिले सूर्यदर्शन सहकारीको रकम गोरखा मिडिया नेटवर्क प्रालिमा लगेर अपचलन गरेको निष्कर्ष निकालेको छ । अपचलनमा संलग्न आरोपमा लामिछाने,पूर्वडी आईजी छविलाल जोशी,लिला पछाई, रामबहादुर खनाल र कृष्ण गुरुङ पक्राउ परेका हुन् । पूर्वडी आईजी जोशी असोज ६ मा पक्राउ परेका थिए । सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा ९० दिनभित्र उनीहरुविरुद्ध अदालतमा मुद्दा दर्ता गरिसक्नुपर्छ । जोशी पक्राउ परेको दिनबाटै अरू ४ जनाको म्याद मिलान भएको हुनाले पुस ५ मा कास्की जिल्ला अदालतमा अभियोगपत्र दायर गर्नुपर्ने बाध्यता सरकारसँग छ ।
त्यस्तै सूर्यदर्शन,स्वर्णलक्ष्मी,सहारा र सानोपाइला सहकारीबाट गोरखा मिडिया नेटवर्कमा ६५ करोड ५४ लाख रकम ल्याएर अपचलन गरेको सूर्य थापा नेतृत्वको संसदीय विशेष समितिको छानबिन निष्कर्ष छ । सूर्यदर्शनबाट मात्रै गोरखा मिडियामा ५ करोड ५८ लाख ल्याएको भेटिएको छ ।
