
Rsb
Ssb
Bsn
Csb
Ksb
Gsb
Ksb
Usb
Rks
Ksb
Tgp
Nsb
Fmb
jsb
Ppu
Ssb

Usb
Tsb
Gsb
Ssb
Hl1

Nps
Rgu
ptl
सुर्खेत । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेमाथि अभद्र व्यवहार नभएको गृहमन्त्री रमेश लेखकले बताएका छन् ।
मंगलबार नेपाल प्रेस युनियन सुर्खेतले आयोजना गरेको पत्रकार सम्मेलनमा छामिछानेमाथि बरु न्यायपूर्ण ढंगले अनुसन्धान भइरहेको गृहमन्त्री लेखकले बताए ।
त्यस्तै लामिछानेमाथि प्रहरीबाट अभद्र व्यवहार भएको भन्ने हल्ला गलत भएको गृहमन्त्री लेखकले बताए । सहकारीको रकम अपचलन भएको विषयमा लामिछानेमाथिको अनुसन्धानलाई प्रभावित बनाउने काम भइरहेको गृहमन्त्री लेखकले बताए । ‘सहकारीकाे रकमका विषयमा रवि लामिछानेमाथि मात्र अनुसन्धान भएको होइन, अरू पनि यसमा तानिएका छन्,’ गृहमन्त्री लेखकले बताए ।
