
Rgp1
Lnp
Ggp
Srbpu
pku
Sgr
Unsku
Rgp
Pbu

Sls
Rsb
nsb
Wsp
Gst
Hal
Tsm
Ssm
Rgs
Vor
Asm
Rgu
Bbbpu
Pvg
Bbu
Ksm
Rgu
Ggd
Sbs

Pls
Rmb
Syp
Mks
Ptm
Bml
bbt
Jmb
Gsb
sab
Jmb
Rpp
Abd
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का नेताहरूविरूद्ध दायर अदालतको अवहेलना सम्बन्धी मुद्दामा मंगलबार सुनुवाइका लागि पेसी तोकिएको छ ।
अधिवक्ता अनुपम भट्टराईले दर्ता गराएको उक्त मुद्दाको सुनुवाइका लागि न्यायाधीशद्वय विनोद शर्मा र महेश शर्मा पौडेलको इजलासमा पेसी तोकिएको हो । पेसीको पालो ‘ग’ नम्बरमा परेको छ ।
त्यस्तै यसअघि सर्वोच्चले रास्वपा नेताहरूले अदालतको अवहेलना हुने गरी दिएको भनिएको भाषण पेस गर्न आदेश भएको थियो । निवेदकले उक्त भाषण उतार गरेर बुझाएपछि सुनुवाइका लागि पेसी तोकिएको हो ।
यस्तै सुरुमा अवहेलना निवेदन सर्वोच्च प्रशासनले दरपिठ गरेको थियो । दरपिठ विरुद्ध इजलासमा निवेदन दिएपछि दर्ता भएको थियो ।रातोपाटी
