Sidha Patra शुक्रबार, माघ ०९, २०७७

पाल्पा । पाल्पा जिल्लामा शिकार खेल्ने क्रममा भरुवा बन्दुकको गोली लागेर एक जनाको मृत्यु भएको छ ।

सो घटनामा संलग्न रहेको अभियोगमा चार जनालाई प्रहरीले पक्राउ गरेको छ । रिब्दीकोट गाउँपालिका– ८ दानसिंडाँडाको चिलाउने पानी सामुदायिक वनमा बन्दुक पड्किदा छर्रा लागेर १३ वर्षीय लक्ष्मण छहारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख एसपी सन्तोष भट्टराईले जानकारी दिनु भएको हो ।

छहारीलाई बन्दुकको छर्राले लागेर मृत्यु भएको अभियोगमा ३ जना ब्यक्तिलाई भरुवा बन्दुकसहित नियन्त्रणमा लिएको जनाइएको छ । घटनाका सम्बन्धमा थप अनसुन्धान भइरहेको एसपी भट्टराईले जानकारी दिनु भयो ।

रैनादेवी छहरा गाउँपालिका– ४ भर्माटुङका १७ वर्षीय ज्ञानबहादुर गाहा, १४ वर्षीय कमल राना र रिब्दीकोट गाउँपालिका– ८ दानसिंडाँडाका १३ वर्षीय देवबहादुर गाहालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]