
Unsku
Ggp
Rgp1
Sgr
Srbpu
pku
Djs
Pes
Rgp
Gfs
Pbu
cjs
sbs
Lnp

Sbs
Ksm
Rgu
Vor
Asm
Pvg
Rgu
Hal
nsb
Tsm
Ggd
Bbbpu
Rgs
Wsp
Bbu
Ssm
Gst
Sls
Rsb

Gsb
Ptm
Jmb
Rpp
Bml
Syp
Rmb
bbt
Jmb
sab
Pls
Mks
Abd
दाङ । नेपाल लोकतान्त्रिक आदिवासी जनजाती महासँघ लुम्बिनी प्रदेशले आफ्नो जिल्ला सभापती र केन्द्रीय सदस्य हरुलाई सम्मान गरेको छ ।
प्रदेशबाट केन्द्रीय सदस्य भएका र प्रदेशका जिल्लामा जिल्ला सभापती भएकाहरुलाई लमहीमा एक कार्यक्रमको आयोजना गरि सम्मान गरिएको हो । हालै सम्पन्न अधिबेशनले लुम्बिनीबाट दशजना केन्द्रीय सदस्यमा र लुम्बिनीका बाह्र जिल्लामा जिल्ला सभापति सहित नया नेतृत्व चयन गरेको थियो । तिनै जिल्ला सभापती र केन्द्रीय सदस्यहरुलाई सम्मान गरिएको छ ।
सम्मानित हुनेहरुमा फुलराम थारु (सभापती बर्दिया), कृष्ण बहादुर पुन (सभापती बाँके), कुलबहादुर बुढा मगर (सभापती दाङ), दलबहादुर घर्ती (सभापती पुर्बि रुकुम), मति पुन (सभापती रोल्पा), देउमान थापा मगर (सभापती प्युठान), कृष्ण बहादुर राना (सभापती पाल्पा), बिक्रम गरुङ (सभापती गुल्मी), दिनेश कुमार घर्ती (सभापती अर्घाखाँची), नरबहादुर थापा (सभापती रुपन्देही), कमला राना (सभापती नवलपरासी) र नारायण बहादुर थापा ( सभापती कपिलबस्तु) सम्मानित भएका हुन ।
त्यस्तै लुम्बिनीबाट केन्द्रीय सदस्य भएका हरु टोपबहादुर थापा (बर्दिया), साबित्रा राना (दाङ), सीता श्रेष्ठ (बर्दिया), थानबहालुर कँवर मगर (पाल्पा), रुपमाया पुन (रुपन्देही), टिचन गुरुङ (नवलपरासी), खगेश्वर थापा मगर (प्युठान), रामबहादुर राना मगर (अर्घाखाँची), होमबहादुर शेरचन (दाङ) र प्रमोद बहादुर श्रेष्ठ (बाँके) सम्मानित भएका हुन । छलफलले कार्यसमिती सञ्चालन तथा ब्यबस्थापनका लागि केन्द्रीय सदस्य, प्रदेश पदाधिकारी र प्रदेश सदस्यहरुबाट मासिक लेबि उठाउने निर्णय गरेको छ । साथै महासंघलाई सक्षम र सुदृढीकरण बनाउन दाङको घोराहीमा आगामी माघको ११ र १२ गते दुईदिन प्रशिक्षण कार्यक्रमको आयोजना गरिने निर्णय पारित भएको छ । छलफलले प्रदेश समितीको घुम्ती बैठक प्रत्यक जिल्लामा गर्ने भएकाले आगामी बैठक फागुन महिना रोल्पामा, २०८२ जेठ गुल्मीमा र २०८२ भदौमा प्युठानमा गर्ने लगायतका निर्णय गरेको छ ।
त्यस्तै बैठकलाई सम्बोधन गर्दै नेपाल लोकतान्त्रिक आदिवासी जनजाती महासँघ लुम्बिनी प्रदेशकि अध्यक्ष तथा प्रदेश सभा सदस्य माया पुनले नव निर्बाचित पदाधिकारीलाई बधाई ज्ञापन गर्दै सक्रिय रुपमा जनताको पक्षमा काम गर्नु सझाईन । महासँघ नेपाली काँग्रेसको एक बलियो जग भएकाले यसलाई सक्रिय बनाउन सबै लाग्नुपर्ने बताईन । पुनले महासँघ बलियो भए सिँघो काँग्रेस बलियो हुने जिकिर गर्दै सबै वडावडामा समेत सँगठन बिस्तार गर्न सुझाईन । महासँघकि प्रदेश उपसभापती भुमा गरुङको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रमको सहजिकरण प्रदेश सचिब दिपक श्रेष्ठले गरेका थिए । नेपाल लोकतान्त्रिक आदिवासी जनजाती महासँघ लुम्बिनी प्रदेशकि अध्यक्ष माया पुनको अध्यक्षतामा बैठक सम्पन्न भएको हो ।

