
Pes
Rgp1
cjs
sbs
Djs
Unsku
Pbu
Lnp
Sgr
Gfs
Ggp
Rgp
pku
Srbpu

Wsp
Rgu
Sbs
Rsb
Bbbpu
Gst
Bbu
Rgs
Sls
Ssm
Ggd
Asm
Tsm
Pvg
Ksm
nsb
Vor
Rgu
Hal

bbt
Jmb
Syp
Ptm
Bml
Gsb
Abd
sab
Pls
Rpp
Jmb
Rmb
Mks
काठमाडौं । मंसिर १६ गते सम्पन्न भएको स्थानीय तहको उपनिर्वाचनमा सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नम्बर–१ को वडाध्यक्षमा निर्वाचित धिरेन्द्रकुमार साहलाई प्रहरीले पक्राउ गरेको छ ।
त्यस्तै साहलाई जबरजस्ती करणी,अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यान मुद्दाको कसुरमा सप्तरी प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका नवनिर्वाचित वडाध्यक्ष साहसहित अन्य प्रतिवादीहरुले ०७८ चैत २२ गते डाक्नेश्वरी नगरपालिका–१ माधोपुरमा एक महिलालाई जबरजस्ती करणी गरी हत्या गरेको सम्बन्धी मुद्दामा अनुसन्धान सुरु भएको थियो ।
यस्तै,साहविरुद्ध ०८० जेठ १० गते जिल्ला सरकारी वकिल कार्यालय सप्तरीबाट इलाका प्रहरी कार्यालय कल्याणपुरमा व्यक्ति बेपत्ता रहेको सम्बन्धमा अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यान मुद्दामा समेत जाहेरी परेको थियो । उक्त जाहेरीमा उच्च अदालत जनकपुर अस्थायी इजलास राजविराजबाट ०८० चैत ४ गते परमादेश जारी भएको थियो । सो परमादेश सरकारी वकिल कार्यालय राजविराज मार्फत इलाका प्रहरी कार्यालय कल्याणपुरमा ०८१ साउन ६ प्राप्त भएको सप्तरी प्रहरीको भनाइ छ।
त्यस्तै साउन १४ गते इलाका प्रहरी कार्यालयमा उजुरी दर्ता भई १५ गते सप्तरी प्रहरीले पक्राउ अनुमति लिएको प्रहरी निरीक्षक मनिष श्रेष्ठले बताए। पक्राउ पुर्जी जारी भएपछि फरार रहेका साहलाई बिहीबार अपराह्न साढे चार बजे मधुवनी टोलबाट इलाका प्रहरी कार्यालय कल्याणपुरको टोलीले पक्राउ गरेको श्रेष्ठले जानकारी दिए।
यस्तै पक्राउ परेका साहलाई अनुसन्धानको क्रममा इलाका प्रहरी कार्यालय कल्याणपुरमै राखिएको र आज बिदा परेकाले अदालतमा हाजिर गराउन नसकिएको सप्तरीका प्रहरी प्रवक्ता डिएसपी जितेन्द्र बस्नेतले जानकारी दिए।
यहीँ मंसिर १६ गते भएको उपनिर्वाचनमा जनता समाजवादी पार्टी नेपालबाट उम्मेदवार भई साह ६ सय ५२ मत प्राप्त गरी वडाध्यक्षमा विजयी भएका थिए।
