Sidha Patra शुक्रबार, मंसिर २१, २०८१

काठमाडौं । नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा.बाबुराम भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सभापति रवि लामिछानेसँग शुक्रबार आज भेट गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा पुगेर लामिछानेलाई भेट गरेपछि उनले राज्यबाट एकपछि अर्को ढंगमा रविमाथि दुःख दिने काम भइरहेको बताएका छन् । साथै,उनले राज्यबाट अस्वभाविक र अन्यायपूर्ण काम भएको भन्दै रास्वपाको आन्दोलनमा ऐक्यबद्धता पनि जनाए ।

‘जुन राजनीतिक शक्तिहरू उदय भइराखेको छ, तीमध्येको एउटा सशक्त धार गठन गर्ने व्यक्तिको रुपमा म उहाँलाई बुझ्छु । उहाँप्रति मेरो सधैं सद्भाव पनि छ,’ रविलाई भेटेपछि सञ्चारकर्मीसँग भट्टराईले भने, ‘अहिले उहाँलाई विभिन्न ढंगले एकपछि अर्को गरेर दुःख दिने काम भइरहेको छ, यो अस्वभाविक र अन्यायपूर्ण भयो भनेर आफ्नो ऐक्यवद्धता दिन म यहाँ आएको हो । यो अलिकति प्रतिशोधपूर्ण भएको छ भन्ने मलाई लागेको छ ।’

त्यस्तै, उनले सहकारी समस्या समाधान नहुँदा पचासौं लाख साना बचतकर्ताहरू मर्कामा परेको भन्दै त्यसको समाधानका लागि लाग्नुपर्ने बताए ।
‘सहकारीसम्बन्धी समस्या जुन छ, त्यसको जरो धेरै फैलिएको छ । जसले ३० वर्षदेखि पालैपालो सत्तामा बसेका नेताहरू जो सत्तामा बसिरहेका छन्, तीनकै वरिपरिबाट अपचलन भइराखेको छ । त्यहाँनेर समस्या समाधान नगर्ने हो भने पचासौं लाख साना बचतकर्ताहरू मर्कामा परेका छन्,’ उनले भने, ‘तीनको समाधान हुनुपर्यो । अहिले यो कुरालाई अल्झाइराख्ने र त्यो विषयान्तर गर्ने विषय होइन । कानुनले आफ्नो बाटो लिगोस् । कानुन मान्न पर्छ ।’

राजनीतिक प्रतिशोध पनि हुने र सहकारी पीडितको समस्या समाधान पनि नहुने हुँदा देश बर्बादीतिर जान लागेको शंका उनले व्यक्त गरे । ‘त्यसको बाहनामा एकातिर राजनीतिक प्रतिशोध हुने, अर्कोतिर सहकारी पीडितको समस्या समाधान नहुने । यसो हुँदा जुन टाउकाहरू हुन् तीनले आफ्ना प्रतिस्पर्धीलाई पनि तर्साउने र देशलाई बर्बादीतिर लान्छन् कि भन्ने हो,’ भट्टराईले भने । भेटका क्रममा सभापति लामिछानेले आफूमाथि राजनीतिक प्रतिशोध साँधिएको र उक्त सन्देश बाहिर लैजाज आफूलाई आग्रह गरेको भट्टराईले बताए ।

त्यस्तै ‘उहाँ (रवि) ले म माथि राजनीतिक प्रतिशोध हो । मैले सबै गरिरहेको छु, गर्छु भन्नुभयो । यो सन्देश बाहिर पुगोस् भन्नुभएको छ । मैले चाहिँ सधैँ सत्य र न्यायको पक्षमा लडेको मान्छे भएकाले सधैं लड्छु र बोल्छु भनेको छु,’ उनले भने ।अनलाइनखबर

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]