
Ggp
pku
Rgp1
Djs
sbs
Lnp
Unsku
Gfs
Rgp
cjs
Srbpu
Pbu
Pes
Sgr

Pvg
Asm
Hal
Bbu
nsb
Rsb
Tsm
Sbs
Ggd
Ksm
Gst
Vor
Rgu
Rgu
Bbbpu
Ssm
Wsp
Rgs
Sls

Rmb
sab
Jmb
Mks
Abd
bbt
Syp
Jmb
Gsb
Bml
Rpp
Ptm
Pls
काठमाडौं । नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा.बाबुराम भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सभापति रवि लामिछानेसँग शुक्रबार आज भेट गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा पुगेर लामिछानेलाई भेट गरेपछि उनले राज्यबाट एकपछि अर्को ढंगमा रविमाथि दुःख दिने काम भइरहेको बताएका छन् । साथै,उनले राज्यबाट अस्वभाविक र अन्यायपूर्ण काम भएको भन्दै रास्वपाको आन्दोलनमा ऐक्यबद्धता पनि जनाए ।
‘जुन राजनीतिक शक्तिहरू उदय भइराखेको छ, तीमध्येको एउटा सशक्त धार गठन गर्ने व्यक्तिको रुपमा म उहाँलाई बुझ्छु । उहाँप्रति मेरो सधैं सद्भाव पनि छ,’ रविलाई भेटेपछि सञ्चारकर्मीसँग भट्टराईले भने, ‘अहिले उहाँलाई विभिन्न ढंगले एकपछि अर्को गरेर दुःख दिने काम भइरहेको छ, यो अस्वभाविक र अन्यायपूर्ण भयो भनेर आफ्नो ऐक्यवद्धता दिन म यहाँ आएको हो । यो अलिकति प्रतिशोधपूर्ण भएको छ भन्ने मलाई लागेको छ ।’
त्यस्तै, उनले सहकारी समस्या समाधान नहुँदा पचासौं लाख साना बचतकर्ताहरू मर्कामा परेको भन्दै त्यसको समाधानका लागि लाग्नुपर्ने बताए ।
‘सहकारीसम्बन्धी समस्या जुन छ, त्यसको जरो धेरै फैलिएको छ । जसले ३० वर्षदेखि पालैपालो सत्तामा बसेका नेताहरू जो सत्तामा बसिरहेका छन्, तीनकै वरिपरिबाट अपचलन भइराखेको छ । त्यहाँनेर समस्या समाधान नगर्ने हो भने पचासौं लाख साना बचतकर्ताहरू मर्कामा परेका छन्,’ उनले भने, ‘तीनको समाधान हुनुपर्यो । अहिले यो कुरालाई अल्झाइराख्ने र त्यो विषयान्तर गर्ने विषय होइन । कानुनले आफ्नो बाटो लिगोस् । कानुन मान्न पर्छ ।’
राजनीतिक प्रतिशोध पनि हुने र सहकारी पीडितको समस्या समाधान पनि नहुने हुँदा देश बर्बादीतिर जान लागेको शंका उनले व्यक्त गरे । ‘त्यसको बाहनामा एकातिर राजनीतिक प्रतिशोध हुने, अर्कोतिर सहकारी पीडितको समस्या समाधान नहुने । यसो हुँदा जुन टाउकाहरू हुन् तीनले आफ्ना प्रतिस्पर्धीलाई पनि तर्साउने र देशलाई बर्बादीतिर लान्छन् कि भन्ने हो,’ भट्टराईले भने । भेटका क्रममा सभापति लामिछानेले आफूमाथि राजनीतिक प्रतिशोध साँधिएको र उक्त सन्देश बाहिर लैजाज आफूलाई आग्रह गरेको भट्टराईले बताए ।
त्यस्तै ‘उहाँ (रवि) ले म माथि राजनीतिक प्रतिशोध हो । मैले सबै गरिरहेको छु, गर्छु भन्नुभयो । यो सन्देश बाहिर पुगोस् भन्नुभएको छ । मैले चाहिँ सधैँ सत्य र न्यायको पक्षमा लडेको मान्छे भएकाले सधैं लड्छु र बोल्छु भनेको छु,’ उनले भने ।अनलाइनखबर
