
Djs
Sgr
Pbu
pku
Srbpu
Lnp
Ggp
Gfs
Rgp1
Rgp
Pes
cjs
Unsku
sbs

Rgu
nsb
Vor
Pvg
Bbbpu
Rsb
Wsp
Ggd
Bbu
Ssm
Sbs
Ksm
Tsm
Hal
Gst
Asm
Sls
Rgu
Rgs

Gsb
bbt
Abd
Pls
sab
Ptm
Rpp
Jmb
Bml
Syp
Jmb
Rmb
Mks
काठमाडौं । पर्सा प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछाने सहित १४ जनाविरुद्ध जिल्ला अदालत पर्साबाट पक्राउ अनुमति लिएको छ ।
वीरगन्जस्थित सानो पाइला सहकारीको रकम गोर्खा मिडियामा गएको देखिएपछि लामिछानेलाई पर्सामा पनि प्रहरीले अनुसन्धान गर्न लागेको हो । पर्सा प्रहरी स्रोतका अनुसार लामिछानेसहित १४ जनालाई पक्राउ गर्न बुधबार जिल्ला अदालत, पर्साले पक्राउ अनुमति दिएको हो ।
गत २ कात्तिकमा पक्राउ परेका लामिछानेको हाल चितवनमा बयान भइरहेको छ । पर्सामा गितेन्द्रबाबु राई, छविलाल जोशी लगायत विरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ । सानो पाइला सहकारीको हिनामिनामा एक चरणमा अनुसन्धान गरी प्रहरीले गत वर्ष नै मुद्दा दायर गरिसकेको छ । संसदीय विशेष छानबिन समितिको प्रतिवेदनका आधारमा थप अनुसन्धान हुन लागेको हो ।
जिबी राईको समूहले सञ्चालन गरेका पाँच सहकारीबाट करोडौँ रकम गोर्खा मिडियामा गएको थियो । लामिछाने गोर्खा मिडियाको सञ्चालक तथा प्रबन्ध–निर्देशक हुँदा उनले खर्च गरेका थिए । सोही आधारमा उनी अनुसन्धानमा तानिएका हुन् । सहकारीको रकम अपचलनमा संलग्न नभए पनि गोर्खा मिडियाको सञ्चालक भएकै आधारमा पक्राउ गरेर अनेक मुद्दा चलाउन लागिएको भन्दै रास्वपाले राजनीतिक प्रतिशोधको आरोप लगाउँदै आएको छ ।
