
lnp
Rgp
Rgp
Jns
Rgp
ksb
Dus
Pbu
Dbs
Sgp
Lks
Ggp
Lnp
Rgp
Usb
Asb
Ggp


कपिलवस्तु । इलाका प्रहरी कार्यालय कृष्णनगरले फरार रहेका प्रतिवादीलाई पक्राउ गरेको छ ।
सम्मानित कपिलबस्तु जिल्ला अदालत तौलिहवा कपिलवस्तुको लगत नम्बरहरु २४१८, २४२०, २४२२ नकवजनी चोरी कसुर मुद्दामा ०१ (एक) वर्ष ०१ (एक) महिना १५ (पन्ध्र) दिन कैद सजाय र एक लाख पन्चानब्बे हजार एक सय अठार मात्र) जरिवाना असुल गर्न बाँकी भई फरार रहेका प्रतिवादीलाई सोमवार इलाका प्रहरी कार्यालय कृष्णनगरको प्रहरी टोलीले पक्राउ गरेको हो ।
कृष्णनगर नगरपालिका वडा नम्बर २ पुरानो बसपार्क बस्ने वर्ष ३२ को मोहम्मद आजम मुसलमानलाई उक्त लागेको कैद तथा जरिवाना असुल उपर गर्नु पर्ने भएकाले कृष्णनगर नगरपालिका वडा नम्बर २ पुरानो बसपार्क स्थितबाट पक्राउ गरी सम्मानित कपिलबस्तु जिल्ला अदालत तौलिहवा कपिलवस्तुमा मंगलवार उपस्थित गराईएको इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरीक्षक सुरज खत्रीले जानकारी दिए।
त्यस्तै कैद भुक्तानको लागी कारागार कार्यालय तौलिहवा कपिलवस्तु पठाईएको इलाका प्रहरी कार्यालय कृष्णनगरले जनाएको छ ।
