
pku
Srbpu
Pes
Pbu
Djs
Sgr
Lnp
Rgp1
Gfs
Rgp
Unsku
sbs
cjs
Ggp

Ksm
Ggd
Rgu
Sls
nsb
Hal
Ssm
Asm
Bbbpu
Pvg
Wsp
Vor
Sbs
Rgs
Rsb
Gst
Tsm
Bbu
Rgu

sab
Jmb
Rpp
Bml
Syp
Gsb
Ptm
Mks
Pls
Jmb
Rmb
bbt
Abd
दाङ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) राप्ती गाउँ कमिटीको विस्तारित बैठक शनिबार मसुरीयामा सम्पन्न भएको छ।
बैठक गाउँ कमिटीका अध्यक्ष नारायण शर्माको अध्यक्षतामा तथा पार्टीका लुम्बिनी प्रदेश कमिटीका उपाध्यक्ष लुमाकान्त न्यौपाने “सागर”को प्रमुख आतिथ्यतामा सम्पन्न भएको हाे।
बैठकले मंसिर महिनाभित्रै वडा र गाउँपालिकाका सम्मेलनहरू सम्पन्न गर्ने निर्णय गरेको गाउँ कमिटी सचिव बसन्त नेपालीले जानकारी दिए । जस अनुसार,वडा नम्बर १ मा मंसिर १४ गते,वडा नम्बर २, ३, र ४ मा १५ गते, वडा नम्बर ५ मा १८ गते, वडा नम्बर ६ मा २१ गते, वडा नम्बर ७ मा २२ गते, वडा नम्बर ८ मा २५ गते र वडा नम्बर ९ मा २० गते वडा सम्मेलन गर्ने निर्णय गरेको सचिव नेपालीले जानकारी दिए ।
त्यस्तै बैठकले आगामी मंसिर २८ गते भव्य कार्यक्रमको आयोजना गरी गाउँपालिका सम्मेलन गर्ने निर्णय गरेको छ । बैठकले सम्मेलन सम्पन्न गर्न विभिन्न व्यक्तिहरुलाई वडा तथा पालिकाकाे संयाेजककाे जिम्मेवारी ताेकेकाे छ । बैठकले सम्मेलन सम्पन्न गर्न निर्वाचन,आर्थिक तथा राजनीति प्रतिवेदन लेखन लगायत विभिन्न समिति समेत गठन गरेको छ।
बैठकमा प्रमुख अतिथि तथा पार्टीका लुम्बिनी प्रदेश उपाध्यक्ष लुमाकान्त न्याैपाने”सागर”ले पार्टीको संगठन सुदृढीकरण, राजनीतिक परिस्थिति र स्थानीय तहमा जनताका मुद्दा सम्बोधनमा माओवादी केन्द्रको नेतृत्वदायी भूमिका थप सशक्त बनाउनुपर्नेमा जोड दिए । उनले सङ्घीय लोकतान्त्रिक गणतन्त्रसहितका उपलब्धिको रक्षाका लागि गणतन्त्र पक्षधर सबै एक ठाउँमा उभिनुपर्ने आवश्यकता रहेको बताए ।
पछिल्लो समय गणतन्त्रलाई कमजोर पार्ने षड्यन्त्र भइरहेकाले त्यसतर्फ सचेत रहन समग्र पार्टी पङ्तिको ध्यानाकर्षण गर्दै उपाध्यक्ष न्याैपानेले सङ्घीय लोकतान्त्रिक गणतन्त्र, समानुपातिक प्रतिनिधित्वसहितको समावेशी शासन व्यवस्थालाई कमजोर पार्ने, उल्ट्याउने कोशिस भइरहेकाले त्यसतर्फ सचेत र सजग हुन आग्रह गरे ।
सरकारबाट बाहिरिएपछि माओवादीको पक्षमा जनलहर देखिएको उल्लेख गर्दै उपाध्यक्ष न्याैपानेले मुलुकका सम्पूर्ण शोषित पीडित वर्ग समुदायसहित माओवादी विचारमा विश्वास गर्ने सबैलाई एकताबद्ध गरी पार्टीलाई २०६४ सालकै अवस्थामा पुर्याउने अठोटका साथ अघि बढेको पार्टी नेतृत्वलाई सफल बनाउन सबै नेता तथा कार्यकर्ता अझ सक्रिय हुनुपर्ने समय आएको बताए ।
बैठकमा पार्टीका लुम्बिनी प्रदेश कमिटी सदस्य हाेम प्रसाद शर्मा,टाेप बहादुर कार्की,प्रकाश विष्ट,स्यामेश चाैधरी,जिल्ला समन्वय सदस्य रणप्रसाद सुवेदी,गाउँ कमिटीका पदाधिकारी ,जनवर्गीय संगठनका प्रतिनिधि ,गाउँ पार्टी सदस्यहरुकाे सहभागीता रहेको थियो । कार्यक्रमको सहजीकरण गाउँ कमिटी सचिव बसन्त नेपालीले गरेका थिए ।
