
Pbu
pku
Sgr
Unsku
Pes
Ggp
sbs
Gfs
Djs
Srbpu
Lnp
Rgp1
cjs
Rgp

Vor
Rsb
Ssm
Ggd
Rgu
Ksm
Tsm
Wsp
Pvg
Sbs
Rgs
Bbbpu
Rgu
Asm
Hal
Gst
nsb
Bbu
Sls

Abd
Ptm
Mks
Rpp
Rmb
bbt
Bml
Pls
Gsb
Syp
Jmb
Jmb
sab
दोलखा । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) परित्याग गरेका दोलखाका नेता तथा कार्यकर्ता माओवादी केन्द्रमा समाहित भएका छन् ।
नेकपा माओवादी केन्द्रले जिल्ला पार्टी कार्यालयमा आयोजना गरेको स्वागत कार्यक्रममा विप्लव नेतृत्वको नेकपाका नेता तथा कार्यकर्ता माओवादीमा समाहित भएका हुन् । नेकपा माओवादी केन्द्र दोलखा जिल्ला समन्वय समिति र कम्युनिस्टहरुको एकता ध्रुवीकरण समितिको पुनर्मिलन कार्यक्रममा विप्लव नेतृत्वको नेकपाका वैकल्पिक केन्द्रीय सदस्य एवं दोलखा सेक्रेटरीसहित एक दर्जन बढी नेता तथा कार्यकर्ता माओवादीमा समाहित भएका हुन् ।
पुनर्मिलन कार्यक्रम मार्फत माओवादीमा समाहित हुनेहरूमा नेकपाका वैकल्पिक केन्द्रीय सदस्य एवम् जिल्ला सेक्रेटरी अर्जुन योगी,पूर्व जिल्ला संयोजक एवं केन्द्रीय प्रतिनिधि राजन धनुके,केन्द्रीय प्रतिनिधि एवं राष्ट्रिय उद्योग वाणिज्य महासङ्घ केन्द्रीय सदस्य सिताराम उप्रेती,जिल्ला सचिवालय सदस्य एवं तामाकोशी गाउँपालिका इन्चार्ज नविनकुमार नेपाली लगायत रहेका छन् ।
माओवादी केन्द्रमा समाहित भएका नेकपाका नेता तथा कार्यकर्तालाई पार्टी केन्द्रीय सदस्य एवम् जिल्ला इन्चार्ज विशाल खड्का,नेताहरू शंकर लामा,नरबहादुर पाख्रिन,कुलबहादुर बुढाथोकी, जिल्ला अध्यक्ष कमल श्रेष्ठ लगायतका नेताहरूले पार्टीमा स्वागत गरेका थिए । पुनर्मिलन कार्यक्रममा बोल्दै नेता अर्जुन योगीले माओवादी आन्दोलनलाई एकताबद्ध बनाएर अघि बढाउन आफूहरू माओवादी केन्द्रमा समाहित भएको बताए ।
त्यस्तै माओवादी शक्तिहरूबिच एकताको आवश्यकता औँल्याउँदै उनले पालिका र गाउँस्तरमा समेत पुनर्मिलन कार्यक्रमको आयोजना गर्ने बताए । पुनर्मिलन कार्यक्रम मार्फत माओवादी केन्द्रमा समाहित भएका नेताहरू यसअघि पनि माओवादी पार्टीमा सक्रिय थिए । पार्टी विभाजन पछि विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीमा लागेका उनीहरू वर्षौँ पछि माओवादी केन्द्रमा समाहित भएका हुन् ।रातोपाटी
