
Jns
Ggp
Dus
Rgp
Usb
Lnp
Lks
lnp
Ggp
Asb
Sgp
Dbs
Rgp
Rgp
Rgp
ksb


कपिलवस्तु । उद्योग वाणिज्य संघ कृष्णनगरको साधारसभा तथा अधिवेशन यहीँ आउँदो पुष १ गते हुने भएको छ ।
कपिलवस्तु जिल्लाको कृष्णनगरमा रहेको उद्योग वाणिज्य संघ कृष्णनगरको कार्यालयमा बसेको उद्योग वाणिज्य संघ कृष्णनगर कार्यसमितिको बैठकले पुष १ गते साधारण सभा तथा अधिवेशन हुने जानकारी उद्योग वाणिज्य संघ कृष्णनगरका बरिष्ठ उपाध्यक्ष नसिब हुसेनले जानकारी दिए।
कोभिड १९ को कारण सहित उद्योग वाणिज्य संघको भवन मर्मत तथा सुन्दरीकरणको कामले गर्दा समयमै साधारण सभा गर्न नसकीयता पनि आजको बैठकले ढिलो नगरी २०८१ पुष १ गते अधिवेशन तथा साधारणसभा गर्ने निर्णय गरेको हो ।
त्यस्तै पटक पटक सदस्यता नविकरणको कार्यलाई निरन्तरता दिदै आए पनि केही सदस्यको नवीकरण बाकी रहेकाले अन्तिम पटक सूचना प्रकाशित गरि सदस्यता नवीकरणको अन्तिम नविकरण मिति प्रकाशित गरि सोही समय भित्र नविकरण भएका सदस्यहरुको आधारमा अन्तिम नामावलीलाई आधिकारिक मानेर अधिवेशन गर्ने निर्णय भएको उद्योग वाणिज्य संघ कृष्णनगरका अध्यक्ष राम कुमार गुप्ताले जानकारी दिए ।
