
mbd
Mbdvs
Sds
Rbs
Gisld
Pbu

Hal
Wsp
Rsb
Pvg
Tsm
Ksm
Rgs
Gst
Rgu
Vor
Bbu
Sbs
Bbbpu
Rgu
Sls
nsb
Ggd
Asm
Ssm

Pls
Rmb
Abd
bbt
Jmb
Ptm
Mks
sab
Syp
Jmb
Bml
Rpp
Gsb
दाङ । देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर ७ भौवा नाकामा रहेको शिव शक्ति माध्यमिक विद्यालयमा मंगलबार एक कार्यक्रमको बीचमा बिज्ञान प्रयोगशाला कक्षाको उद्घाटन भएको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्यामबहादुर झाक्रीको अध्यक्षता तथा राजपुर गाउँपालिका अध्यक्ष लोकराज केसीको प्रमुख आतिथ्यता र उपाध्यक्ष धनपतीदेवी यादवको विशेष अतिथिमा उद्घाटन भएको कार्यक्रममा प्रमुख अतिथि केसीले नाका क्षेत्रमा पहिलोपटक विद्यालयमा बिज्ञान प्रयोगशाला उद्घाटन गर्न पाउँदा आफू अत्यन्तै खुशी भएको बताउनु भयो ।
त्यस्तै कार्यक्रममा उहाँले बिज्ञानको युगमा बिज्ञान नभए पढाई अधुरो हुने र पढाईको कुनै अर्थ समेत नरहने भएको हुँदाले बिज्ञानको प्रविधिलाई पछ्याउँन जरुरी रहेको बताउनु भएको छ । बिज्ञान प्रयोगशाला उद्घाटन कार्यक्रमको प्रमुख अतिथि समेत रहनु भएका अध्यक्ष केसीले किताब पढने र चित्र मात्र हेरेर नहुने भएको हुँदा बिज्ञान जान्नको लागि प्रयोगात्मक हुन जरुरी रहेको बताउनु भयो ।
त्यसैगरी उहाँले पुरै विद्यालयलाई आवश्यक पर्ने बिज्ञानका सम्पुर्ण सामग्रीहरु प्रदान गर्न नसके पनि एउटा सुरुवात भएको हुँदा त्यसबाट आधारभूत सिकाइहरु आधारभूत प्रयोगहरु भएर त्यहाँ पढने विद्यार्थीहरुले धेरै उपलब्धिहरु प्राप्त गर्न सक्ने आफु लगायत आफ्नो गाउँपालिकाको टिमले आशा र विश्वास राखेको बताउनु भयो ।
कार्यक्रममा राजपुर गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद खनाल,गाउँपालिकाका सामाजिक विकास समितिका संयोजक नरेन्द्र सिंह भण्डारी,शिक्षा शाखा अधिकृत केशव लम्साल, विद्यालयका अभिभावक बालिका सार्की लगायतकाले बोल्नु भएको थियो ।
विद्यालयका प्रधानध्यापक लिलाधर बि.कको स्वागत मन्तव्यबाट संचालन भएको कार्यक्रममा गाउँपालिका प्रशासन शाखाकाका साहयक प्रमुख पृथ्वीनारायण पौडेलले गाउँपालिकाको ज्येष्ठ नागरिक सम्मान कार्यक्रम अन्तरगत वडा नम्बर ७ भौवा निवासी बिसमाली घर्ती,भिमसरा सार्कीलाई १ वटा न्यानो लुगा र एक थान थर्मस गाउँपालिका अध्यक्ष, उपाध्यक्ष,प्रमुख प्रशासकीय अधिकृत मार्फत हस्तान्तरण गाराउनु भएको थियोे ।
त्यस्तै साहयक प्रमुख पौडेलले राजपुर गाउँपालिकाको वडा नम्बर १ देखि ७ नम्बर वडा अन्तरगत ८० वर्ष नाघेका ६४ जना ज्येष्ठ नागरिकलाई सोही कार्यक्रम बमोजिमको सामग्रीहरु वितरण गरेको कार्यक्रम मार्फत जानकारी दिनु भयो ।
उक्त कार्यक्रममा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृतले, विद्यालयका अध्यक्ष र प्रधानध्यापकलाई टेलि सेन्टरको सामग्री समेत हस्तान्तरण गर्नु भएको थियो । त्यसैगरी सो विद्यालयमा विगत ७ वर्ष पहिले उर्जा प्रवर्द्धन केन्द्रले नि:शुल्क जडान गरेको सोलार,ब्याट्री अहिले ड्यामिज भएर काम नलाग्ने अबस्थामा भएकोले गाउँपालिकाबाट सोलार र ब्याट्री उपलब्ध गराईदिन भनि विद्यालयका अध्यक्षले गाउँपालिकाको अध्यक्षलाई मागपत्र हस्तान्तरण गर्नु भएको थियोे ।
त्यस्तै कार्यक्रममा सो विद्यालयका प्रधानध्यापकले
राजपुर गाउँपालिका अन्तरगत शिक्षा विकास कोषबाट प्राप्त ६ लाख,५० हजारको लागतमा उक्त बिज्ञान प्रयोगशाला संचालनमा ल्याइएको र उक्त कक्षालाई शिक्षक क्षितिज बुढाथोकी संचालन गर्ने जानकारी दिनु भयो । त्यसैगरी सो विद्यालयमा सोलार ब्याट्रीको माध्यमद्वारा कम्प्युटर कक्षा पढाई समेत भैरहेकोले अझै विद्यालयमा पक्की ढलान सहितको ८ कोठाको भवन अत्यन्तै आवश्यक रहेकोे कार्यक्रम मार्फत प्रअले जानकारी दिनु भएको हो ।
कार्यक्रममा वडा नम्बर ७ का वडा अध्यक्ष भिमबहादुर खड्का,कार्यपालिका सदस्य निम कुमारी झाक्री, राजपुर न्याय समितिका सदस्य लिलाराम बि.क,राजपुर शिक्षा शाखाका प्राविधिक कामना चौधरी, वडा नम्बर ७ का वडा सचिब बालाराम खड्का,सशस्त्र प्रहरी बेस भौवा नाकाका नायब निरीक्षक दुर्गा बहादुर यरि, सिमा प्रहरी चौकी भैसाही नाकाका नायब निरीक्षक ओम बहादुर गिरी, गौरीशंकर माध्यमिक विद्यालयका अध्यक्ष पुर्ण बहादुर रोका सो विद्यालयका प्रधानध्यापक टंकबहादुर बि.क लगायत शिक्षक, विद्यार्थी, अभिभावकको उपस्थितिमा सम्पन्न भएको कार्यक्रमको संचालन विद्यालयका शिक्षिका गौसरी घर्तीले गर्नु भएको थियो ।









