
Sssbus1
tssbus
Ssbus
ssbus
Ssbus
nsm
Sssbus1
Gsl
Ssbus
Pbu

Rsb
Bbbpu
Ggd
Rgu
Hal
Vor
Rgs
Ssm
nsb
Gst
Tsm
Ksm
Wsp
Asm
Bbu
Rgu
Sls
Sbs
Pvg

Rpp
Abd
Bml
Jmb
Jmb
Pls
Ptm
Syp
Mks
Rmb
sab
bbt
Gsb
दाङ । घोराही उपमहानगरपालिका वडा नम्बर १५ भरतपुर निवासी ऋषिराम शर्माले आफ्नी स्वर्गीय श्रमिति ज्ञाना शर्माको स्मृतिमा गणेश मन्दिर भरतपुरमा एक लाख रुपैयाको अक्षयकोष स्थापना गर्नु गरेका छन् ।
घोराही-१५ भरतपुरमा रहेको श्री गणेश समाज सुधार समिति गणेश मन्दिर स्थापना गर्नका लागि ज्ञाना शर्माले महत्वपूर्ण योगदान गरेको र उनका इच्छा अनुसार मन्दिरको दैनिक पूजाआजा गर्न सहज होस भन्नका लागि ज्ञाना—ऋषि अक्षयकोष स्थापना गरिएको अक्षयकोषदाता ऋषिराम शर्माका छोरा कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
गणेश मन्दिर स्थापना गर्नका लागि आमाले शुरुवाती चरणदेखि लाग्नु भएको र जीवनको अन्तिम क्षणमा मन्दिरको पूजाअर्चनमा सहयोग गर्नका लागि अक्षयकोष स्थापना गरिदिन भन्नु भएकोले मन्दिरमा एक लाख रुपैयाको अक्षयकोष स्थापना गरिएको छोरा पौडेलले जानकारी दिए ।
गणेश समाज सुधार समिति भरतपुर दाङले शनिवार आज एक कार्यक्रमको आयोजना गरि अक्षयकोषको रकम ग्रहण गर्नुका साथै अक्षयकोष स्थापना गर्ने ऋषिराम शर्मा,उनका छोराहरु कृष्णप्रसाद पोडेल र बासु शर्मा,बुहारी बसन्ता पौडेल,ज्वाई दिपक रेग्मीलाई सम्मान गरेको छ ।
त्यस्तै गणेश समाज सुधार समितिका अध्यक्ष शंकर गौतमले मन्दिर स्थापनाका लागि स्वर्गीय ज्ञाना शर्मा र उनको परिवारको महत्वपूर्ण योगदान रहेको भन्दै अक्षयकोष स्थापना गरेर अरुलाई पनि प्रेरणादायि कामप्रति प्रोत्साहन गरेको बताए । अक्षयकोष दाताको इच्छा अनुसार अब मन्दिरले उक्त रकमबाट आउने ब्याजले मन्दिरको दैनिक पूजाअर्चनमा प्रयोग गरिने ब्यवस्था मिलाईने अध्यक्ष गौतमले जानकारी दिए ।
गणेश समाज सुधार समितिका उपाध्याक्ष टंकेश्वर सुवेदीको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रममा बोल्ने वक्ताहरुले मन्दिर स्थापनाकामा लाग्नुहुने ब्यक्तिबाट अक्षयकोष स्थापनाको शुरुवात भएको भन्दै यसले अरुलाई पनि अक्षयकोष स्थापनामा प्रेरणा दिने बताएका छन । उनीहरुले मन्दिरको बिकासका अन्य ब्यक्तिहरुबाट पनि सहयोग भए मन्दिर सञ्चालन र समाज सहयोग गर्न सहज हुने बताएका छन ।
कार्यक्रममा स्थानीय दिपक रेग्मी, गोविन्द गौतम, ध्रुवकुमार ज्ञवाली, उदयबहादुर डाँगी, हेमराज शर्मा लगायतका वक्ताले बोलेका थिए भने कार्यक्रमको सहजिकरण गणेश समाज सुधार समितिका सचिव निर्मल गौतमले गरेका थिए ।
