
mbd
Anm
Mbdvs
Gisld
Pbu
Gmk
Sds
Rbs
Ksm

Rgu
Sls
Rsb
Vor
Hal
Bbu
Rgu
Bbbpu
Rgs
Ssm
Sbs
Wsp
nsb
Gst
Ksm
Asm
Ggd
Tsm
Pvg

Rpp
Mks
Pls
Abd
Syp
Ptm
Jmb
Gsb
Bml
Rmb
Jmb
sab
bbt
दाङ । राप्ती गाउँपालिकाको छोट्की सिसहनियाँ र गढवा गाउँपालिकाको महदेवा जोड्ने नेपालकै दोस्रो लामो पक्की पुलको उद्घाटन माघ १२ गते प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने कार्यक्रम रहेको लुम्बिनी प्रदेशसभा सदस्य रेवतीरमण शर्माले जानकारी दिनु भएको छ ।
झण्डै एक वर्ष अघि निर्माण सम्पन्न भएको पुलको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने हुनु भएको छ । पुल पूर्वनिर्धारित समयभन्दा चार महिना अगाडि नै निर्माण सम्पन्न भएको थियो । यो पुलको लम्बाइ ८६० मिटर र चौडाइ साढे १० मिटर छ ।
तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २०७३ मंसिर २२ गते पुलको शिलान्यास गर्नु भएको थियो । करिब एक अर्ब रुपैयाँ लागतको यो पुल चार वर्षभित्र बनाइसक्ने सम्झौता भएपनि तोकिएको समयभन्दा चार महिना अगाडि नै पुल निर्माण कार्य पूरा भएको हो ।
पुल नहुँदा सिसहनियाँ–महदेवा वारीपारी गर्न वर्षायाममा उर्लिएको भेलमा जोखिमपूर्ण तरिकाले डुंगा तर्नुपथ्र्यो । अब भने राप्ती नदीमा पुल निर्माण भएसँगै देउखुरीबासीलाई यात्रा गर्न सहज भएको छ । यो पुल निर्माणबाट साविकको गोबरडिहा गाविस र साविकको सिसहनियाँ क्षेत्रका बासिन्दा लाभान्वित भएका छन् । पछिल्लो समय पुल पर्यटकीय गन्तब्यको रुपमा विकास भएको छ ।
