
Bsn
Ksb
Usb
Ksb
Csb
Rks
Ssb
Gsb
jsb
Ksb
Tgp
Nsb
Rsb
Ssb
Ppu

Hl1
Gsb
Ssb
Tsb
Usb

ptl
Nps
Rgu
दाङ । लुम्बिनी प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा कार्यरत सचिव कृष्ण पौडेलको थारु आयोगमा सरुवा भएको छ ।
लुम्बिनी प्रदेशमा विगत पाँच महिनादेखि कार्यरत सचिव पौडेलको थारु आयोगमा सरुवा भएको हो । बुधवार सचिव पौडेललाई फेरी भेटौला कार्यक्रम मार्फत मुख्यमन्त्री चेतनारायण आचार्यले विदाई गरेका छन् ।
जेठ १४ गते सचिव पौडेल लुम्बिनी प्रदेशमा सेवाको लागि प्रवेश गरेका थिए । उनको भदौ २७ गते सरुवा भए पनि कार्तिक १४ गतेसम्म कामकाजको लागि प्रदेशमै रहेका थिए । यो अवधिमा प्रदेशको समृद्धि र विकासमा नीतिगत तहबाट पौडेलले खेलेको भूमिको प्रशंसा गर्दै सम्मान गरिएको छ ।
त्यस्तै उर्जा, जलस्रोत सिंचाई मन्त्रालयमा कार्यरत सचिव मिनराज ढकाल अनिवार्य अवकाश भएका छन् । सचिव ढकाललाई पनि दोसल्ला ओढाउँदै मायाको चिनो प्रदान गरेर विदाई गरिएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले कर्मचारी तहबाट जनतालाई सहज हुने गरी सेवा प्रवाह गर्नुपर्ने र त्यो कामका लागि विदाई हुने सचिवहरुबाट प्रभावकारी कार्यसम्पादन भएको भन्दै प्रशंसा गरे । जनसेवामा खटिएका कर्मचारीबाट सेवाग्राहीले सहजकर्ताको भूमिका चाहने र सोही अनुसार सरल रुपमा सेवा प्रवाहको आवश्यकता पर्ने उनले बताए । ‘प्रदेशलाई यो उचाईमा पुर्याउन यहाँहरुको महत्वपूर्ण योगदान रह्यो’मुख्यमन्त्री आचार्यले भने,‘प्रदेशको विकास, समृद्धि र सुशासन प्रवद्र्धनमा यहाँहरुको महत्वपूर्ण कार्यसम्पादन गर्नुभएको हामीले महसुस गरेका छौं ।’
त्यस्तै कार्यक्रममा प्रदेशका प्रमुख सचिव महादेव पन्थले प्रदेशलाई सुशासन कायम गर्न आधारभूत तहबाट बलियो जग निर्माण गर्ने काम भएको भन्दै प्रदेशको समृद्धिमा कर्मचारी तहबाट योगदान रहेको बताए ।
