
Ssbus
Ppu
Sys
gms
Gsbus
jms
smb

Gsb
Gg1
Hl1
Ln1
Ln9
Ssb
Sbs
kbs
Usb
Ln2
Ln8
bml
bmj
cks
Gg5
Asm
Dps
Rys
Ln7
Tsb

Jpb
Jab
Sml
Nps
ptl
Snk
Sab
Ksb
Gg4
Rgu
Gg2
Gg3
Sbs
Bpb
Gg6
Rss
Gjl
काठमाडौँ । प्रहरीले कपिलवस्तुको कृष्णनगर नगरपालिका वडा नम्बर –२ स्थित बसपार्कबाट लागु औषधसहित ३ जनालाई पक्राउ गरेको छ ।
त्यस्तै पक्राउ पर्नेमा कपिलवस्तुको वुद्धभुमि नगरपालिका–२ घर भएका २८ वर्षीय महेश थारु, बाणगंगा नगरपालिका–१ घर भएका २४ वर्षीय बिपुल थारु र कृष्णनगरका लवकुश भुज छन् ।
लागु औषध नियन्त्रण ब्युरोको भैरहवा शाखा र इलाका प्रहरी कार्यालय कृष्णनगरको संयुक्त टोलीले उनीहरूलाई पक्राउ गरेको हो । आरोपी महेश थारुको साथमा ९० हजार नगद फेला परेको कपिलवस्तुका एसपी निरन्जनदत्त भट्टले बताए । लवकुश भुजको साथबाट प्रहरीले १५१ दशमलव २१० ग्राम ब्राउन सुगर बरामद गरेको छ ।
लवकुशसँग खैरो हेरोइन खरिद गर्न आएको अवस्थामा अरु दुईजना पक्राउ परेका हुन् । लागु औषध तौलन प्रयोग गरिने ४ थान तराजु पनि प्रहरीले बरामद गरेको छ । आरोपीहरुविरुद्ध जिल्ला अदालतबाट ७ दिनको म्याद लिएर प्रहरीले अनुसन्धान थालेको छ । उनीहरू लागु औषध सेवनकर्ता समेत रहेको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको एसपी भट्टले जानकारी दिए ।
