
Asm
Bpb
Ssbus
Gsbus
Ppu
jms
gms
jmb
Sys
Rg-9
smb

Ln9
Hl1
Rys
Gg1
Dps
Usb
kbs
Gg5
bmj
Ln3
Gsb
Ln1
Ln8
cks
Ln7
Sbs
Ln2
Asm
Tsb
bml

Snk
Sbs
Sml
Bpb
Rss
Ksb
Gjl
Nps
Sab
ptl
Jpb
Gg3
Jab
Gg4
Gg2
Rgu
Gg6
दाङ । देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर -१ भालुवाङमा एक नाबालिका बलात्कृत भएकी छिन् ।
स्रोतले दिएको जानकार अनुसार घटना असोज २४ गते बेलुका तिर सशस्त्र प्रहरीको क्याप्प नजिक रहेको लिंगे पिङ खेल्न गएको बेला राप्ती गाउँपालिका-१ भालुवाङ पुल्चोकमा डेरा गरि बस्ने वर्ष ८ कि नाबालिका बलात्कृत भएकी हुन् । घटना घटेको केही समय पछि ती बालिका डेरामा आइ आफ्नी आमालाई भनेपछि आमाले छोरीको योनाङ्ग हेर्दा अत्यधिक रक्तस्राव भएको र घाउ समेत देखेपछि आमाले प्रहरीलाई खवर गरेकी थिईन् ।
त्यस्तै ईलाका प्रहरी कार्यालय भालुवाङ मार्फत ती नाबालिकाको घोराही स्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वास्थ्य परिक्षण भएको थियो । परिक्षण रिपोर्टमा नाबालिका बलात्कृत भएको पुष्टि भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।
यस्तै यस विषयमा प्रहरीसँग बुझ्दा प्रहरीले दोषी पत्ता लागि नसकेको र घटनाबारे अनुसन्धान भइरहेको र छिट्टै दोषी पक्राउ गरि सार्वजनिक गर्ने बताएको छ । तर घटना घटेको लामो समय बितिसक्दा पनि निर्मला पन्तको जस्तै अपराधी लुकाउन खोजेको आभाष भएको स्थानीयले बताएका छन् ।
