
Sdc
Lnp
Ggp
Rgp
Msbus
Asbus
Ksbus
Ggp
Ksbus
स्थानीय सरकार सक्रीयता देखाउँदै

प्यूठान। कोरोना भाईरस कोभिड–१९ को सङ्क्रमणबाट जोगिन जिल्लाका ९ वटै स्थानीय तह पूर्व तयारीमा लागेका छन् । जिल्लाका दुई नगरपालिका र ७ गाउँपालिकाले कोरोना विशेष अस्थायी अस्पतालदेखि गाउँघरमा सचेतना जगाउनेसम्मको काममा सक्रियता देखाएका छन् । उनिहरुले स्थानिय स्तरमै शंकास्पद बिरामीको उपचारका लागि क्वारेन्टाइन कक्ष समेत तयारी अबस्थामा राखिएको छ ।(कोभिड १९) को जोखिमबाट बच्न पूर्वतयारी स्वरुप क्वारेन्टाईन कक्ष स्थापना गरिएका हुन।
जस अनुसार,प्यूठान नगरपालिकामा २२ र स्वर्गद्वारी नगरपालिकामा १६ शैय्याको क्वारेन्टाईन स्थापना गरिएको छ।त्यस्तै, झिमरुक ११,गौमुखी ५,सरुमारानी१२, नौबहिनी गाउँपालिकामा ५ शैय्याको क्वारेन्टाईन वार्ड संचालन गरिएको छ। ऐरावती,माण्डबी र मल्लरानी गाउपालिकाले भने १०/१० शैय्या क्षमताको क्वारेन्टाइन कक्ष संचालनमा ल्याएका छन।तेस्रो मुलुक वा भारतबाट घर फर्किएकालाई १४ दिनसम्म क्वारेन्टाईनमा राखिने छ। कोरोनाको शंकास्पद विरामीलाई तत्कालै स्थानिय स्तरमा नै राखेर उपचार गर्न सहज् होस भनेर सो कक्ष स्थापना गरिएको जिल्लाका स्थानिय सरकार प्रमुखहरुले बताएका छन।
प्यूठान भित्रने मुख्य नाका सरुमारानी गाउपालिका वडा नंवर २ ददेरीमा सोमबार देखी हेल्थडेक्स सञ्चालनमा ल्याइएको छ। दुई दिनको अबधीमा यहा १ हजार ६७२ जनाको स्वास्थ्य परिक्षण गरिएको स्वास्थ्य कार्यालय प्युठानले बताएको छ।त्यस मध्ये २ सय १० जना भारत लगायतका देशबाट जिल्ला भित्रीएको स्वास्थ्य कार्यालय प्रमुख बिशाल सुबेदिले बताउनुभयो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौमा कोरोना परिक्षण भएका ६८७ जना मध्य हाल सम्म नेपालमा ३ जनामा कोरोना संक्रमीत देखिएको छ। सक्रमित मध्ये एक जना निको भैसकेको र दुईजना संक्रमित उपचारकै क्रममा रहेको सुबेदिले जानकारी दिनुभयो ।नेपालमा कोरोना स्थानीय रुपमा संक्रमण नभई देश बाहिरबाट आयतित भएकाले यसबाट तर्सिने भन्दापनि सजग रहनुपर्ने स्थिति रहेको सुबेदिको भनाई छ।
