Sidha Patra आइतबार, आश्विन २०, २०८१

काठमाडौं । सिधाकुरा डटकमका प्रकाशक युवराज कँडेल र सम्पादक नविन ढुंगानाअदालती प्रक्रिया पुरा गरेर कारागारमुक्त भएका छन् ।

समाचार लेखेकै कारण अदालतको अवहेलना मुद्दामा केन्द्रिय कारागार सुन्धारामा रहेका कँडेल र ढुंगाना आइतबार प्रक्रिया पुरा गरेर कारागारमुक्त भएका हुन् ।

सर्वोच्च अदालतको नौं सदस्यीय बृहत पूर्ण इजलासले आइतबार अदालतको मानहानी गरेको ठहर गर्दै उनीहरु दुवैलाई जनही तीन महिना जेल सजाय सुनाएको थियो । तर उनीहरुले माफी मागेपछि सात दिन थुनामा राख्न आदेश दिइएको थियो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगसम्बन्धी मुद्दामा न्यायाधीशहरुले आर्थिक लाभ लिएर फैसला गरेको भन्दै सिधाकुरा अनलाइनले ‘डार्क फाइल’ का नाममा फेक अडियो प्रसारण गरेको थियो । उक्त सामग्रीले अदालतको अवहेलना भएको भन्दै सर्वोच्चका उपरजिष्ट्रार गोविन्द घिमिरेले सिधा कुराविरुद्ध निवेदन दिएका थिए । सर्वोच्चले ‘फेक अडियो’ निर्माण गर्ने राजकुमार तिमल्सिनालाई भने ६ महिना कैद सजाय सुनाएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]