सगर रोका क्षेत्री आइतबार, आश्विन २०, २०८१

दाङ । तुलसीपुरमा रहेको मानवसेवा आश्रम दाङ शाखाले विजयादशमी तथा शुभ दिपावली छठ पर्वको अवसरमा शुभकामना आदनप्रदान विशेष कार्यक्रम सम्पन्न गरेको छ ।

मानव सेवा आश्रमले गरेको विशेष शुभकामना आदनप्रदान कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष दुजमान भण्डारीले दियो बत्ती बालेर कार्यक्रमको उद्घाटन गरेका थिए । वडा अध्यक्ष भण्डारीले जस्को कोहि र केही छैन त्यस मानिसहरुलाई विशेष गरेर मानवसेवा आश्रम रहेको बताए । त्यस्तै उनले समाजमा सकारात्मक भावनाको विकाससँगै शान्ति,न्याय, अमनचयन र राज्यले छुटयाएको हक अधिकार मानवले उपभोग गर्न पाउनु पर्ने बताए ।

तुलसीपुरमा मानवसेवा आश्रम स्थापन हुँनु भनेको हामी सबैले गर्व गर्नु पर्छ । भविष्य कसैले देखेको छैन । भोलि यहाँ आउन नपर्ला भन्न सकिदैन । राज्य सोचेको छैन कानुन त छ तर यस्को कार्यन्वयन हुन सकेको छैन अध्यक्ष भण्डारीले भने । मानव सेवा आश्रमको कार्यपालिका प्रतिनिधि भएको हैसियतले आफुबाट हुने हरेक क्षेत्रमा मानवसेवा आश्रमलाई सहयोग गर्ने बताए ।

त्यस्तै गरेर तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष रामबहादुर जिसीले तुलसीपुर उपमहानगरपालिकाका विभिन्न ठाउँ लगायत हरेक गाउँ,टोल,मात्रै नभएर सडकपेटी,मन्दिर र पुल जस्तो ठाउँमा जीवन बिताईरहेका मानवहरुको लागि मानव सेवा आश्रम एउटा मन्दिरको रुपमा मात्रै नभएर आफ्नो जीवन नै परिवर्तन गर्ने थलो भएको बताए ।

मानवसेवा आश्रम तथा लुम्बिनी प्रदेशकी संयोजक सरु अधिकारीले मानवसेवा आश्रमको निमन्त्रणालाई सुइँकार गरेर आउने सम्पूर्ण अभिभावकहरु तथा पत्रकार,सुरक्षाकर्मी लगायत सबै प्रति धन्यवाद दिइन् । उनले मानवसेवा आश्रमको भवन निर्माण गर्नका लागि पुजी र डिजाइन तयार भएपनि जग्गाको लालपुर्जाको कुरा नमिलेर काम गर्न ढिलाई र सुस्त गतिमा काम हुने गरेको बताइन् ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]