
Gesld
Pbu
Snmbs
Mbf
Dpm
Amb
Ges
Dbc
dpm
rgs
Snmbs
Sdc
snmbs


दाङ । मुख्यमन्त्री ग्रामीण विकास रोजगार कार्यक्रम अन्तरगत राजपुर गाउँपालिकाको आयोजनामा बहुकक्षा बहुस्तर शिक्षण विधि सम्बन्धि ३ दिने तालिम सोमबारदेखि लमहीको मन्त्र होटलमा सुरु भएको छ ।
राजपुर गाउँपालिका अध्यक्ष लोकराज केसीको अध्यक्षतामा उद्घाटन भएको सो कार्यक्रममा बोल्दै अध्यक्ष केसीले शिक्षकहरु समुदायको एक जिम्मेवारी व्यक्ति भएको बताउनु भएको छ ।
तालिमको औपचारिक कार्यक्रमको अध्यक्षता ग्रहण समेत गर्नु भएका अध्यक्ष केसीले समुदायमा पढेलेखेका मानिसहरु कमै हुने भएको हुँदा अभिभावकहरुले आफ्ना बालबच्चाहरु सबै शिक्षको जिम्मा लगाएका हुन्छन् । त्यस्तै समाजमा कुनै पनि ससाना काम कार्यहरु गर्दा पनि शिक्षक संग सरसल्लाह मागेर काम गर्ने गर्छन् ,´त्यसैले शिक्षकले पनि समुदायलाई नेतृत्व गर्ने एक नेतृत्वकर्ताको रुपमा आफुले बुझेको बताउनु भयो ।
त्यस्तै उहाँले राजपुर गाउँपालिकाको भौगोलिक सामाजिक,आर्थिक,शिक्षा,स्वास्थ्य लगायत त्यहाँको अवस्थाको बारेमा सबैले बुझेको कुरा रहेकोले अब उक्त समस्यालाई सहज र समाधान गर्न शिक्षक, अभिभावक,र सम्बन्धित सरोकारवाला निकाय समन्वय गरेर शिक्षा क्षेत्रलाई उकास्नु पर्ने बताउनु भएको छ ।
उद्घाटन कार्यक्रममा राजपुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद खनाल, शिक्षा विकास तथा समन्वय दाङका प्रमुख देवमणी चौधरी,राष्ट्रिय कक्षा पढाई कार्यक्रमका जिल्ला संयोजक हल्लुप्रसाद चौधरी लगायतकाले मन्तव्य राख्नु भएको थियो ।
कार्यक्रममा राजपुर गाउँपालिकाका प्रशासन शाखा प्रमुख महेश थापा (ठेडी),मुख्यमन्त्री ग्रामीण विकास रोजगार कार्यक्रमका सिफारिस समितिका सदस्य भिम वलि,सीता यादव,राजपुर गाउँपालिकाका सूचना अधिकारी सरद रेग्मी लगायतको उपस्थिति रहेको थियो ।
राजपुर गाउँपालिका भित्रको ३२ वटा विद्यालयका शिक्षकहरुलाई बहु कक्षा,बहु स्तर शिक्षण पद्धतिको परिचय उदेश्य तथा महत्त्व,भिन्नता कक्षा कोठा व्यवस्थापन परिचय र तरिका,ब्यबहारिक अभ्यास पुनरावलोकन एकीकृत पाठयक्रम कक्षा १-३परिचय अवधारण कार्यान्वयनको अवस्था,राष्ट्रिय प्रारम्भिक कक्षा पढाई दोस्रो चरण कार्यक्रम सम्बन्धि जानकारी,कक्षा कोठामा विद्यार्थी बसाई व्यवस्थापन,नेपाली विषय हाम्रो सेरोफेरो, अङ्ग्रेजी, गणितको शैक्षिक सामग्री निर्माण र प्रयोग तरिका र ब्यबहारिक अभ्यास लगायतको विषयमा प्रशिक्षण दिइने मुख्यमन्त्री ग्रामीण विकास रोजगार कार्यक्रमका गिरराज भट्टले जानकारी दिनु भयो ।
सो तालिमको प्रशिक्षकमा शिक्षा विकास तथा समन्वय दाङका प्रमुख देवमणी चौधरी,राष्ट्रिय कक्षा पढाई कार्यक्रमका जिल्ला संयोजक हल्लुप्रसाद चौधरी,मुख्य प्रशिक्षक पुर्ण पुन,राजपुर शिक्षा शाखा अधिकृत केशव लम्साल रहनु भएको उक्त तालिमको उद्घाटन कार्यक्रमको संचालन राजपुर शिक्षा शाखाका कामना चौधरीले गर्नु भएको थियो ।
