Sidha Patra शनिबार, आश्विन १९, २०८१

दाङ । सञ्चारकर्मी प्रिया स्मृती गजमेरको शब्दमा रहेको दशैं तिहार गीत सार्वजनिक भएको छ । गायक ज्ञानेन्द्र स्वर्णकार र गायिका सुष्मा नेपाली ‘ग्रेस’ को सुमधुर आवाज रहेको गीतमा लय गायक स्वर्णकारको रहेको छ । गीत दाङमै छायांकन गरिएको हो ।

प्रदेशमा भएको प्रदेसीले दशैँ तिहारमा घर फर्किने, घर परिवारसंगै बसेर मनाउने, साथीभाईलाई घर फर्किदै गरेको भन्ने भाव व्यक्त गरिएको छ भने घरमा प्रदेसीलाई सम्झेर उसको पर्खाईमा बसेकी सानुले पनि सबै घर फर्की सके, मेरो प्रदेसी घर आउन किन ढिला भयो ? छिट्टै फर्किन आग्रह गरेको, टाढा हुँदा धेरै सम्झेको, घर आइहाल्छकी भन्ने झल्को लागि रहेको यस्तै यस्तै आशयको कथा रहेको छ ।

गुड भ्वाइस स्टुडियो अफिसियल युटुब च्यानल मार्फत यो गीत सार्वजनिक गरिएको छ । सन्तोष सुनामले गीतको एरेन्ज गरेका छन् । गीतको कोरियोग्राफी पोषण भण्डारीले गरेका छन् भने यो गीतमा पोषण भण्डारी,शिवा चौधरी,हेमन्त चौधरी, काजल विश्वकर्मा लगायत जिके डान्स ग्रुप र क्रियु डान्स ग्रुपका कलाकारहरुको धमाकेदार डान्स रहेको छ ।

त्यस्तै भिडियो प्रोडक्सनको काम केएसआर मुभी टिमले गरेको छ भने भिडियो सम्पादनको काम चेतन सामतले गरेका छन् । कुमार सानुले गीत मिक्सिंग र मास्टरंगको काम गरेका छन् ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]