दाङ । विवाह गर्ने प्रलोभन देखाएर १९ वर्षीय एक युवतीलाई सामुहिक बलात्कार गरेकाे अभियाेगमा चार जनालाई प्रहरीले पक्राउ गरेकाे छ ।
बिहीबार गढवा गाउँपालिका वडा नम्बर – ५ मंघरस्थित होमपाइप बनाउने कम्पनीको खाली घरमा बोलाएर युवतीलाई चार जनाले पालैपालो करणी गरेकाे अभियाेगमा नियन्त्रणमा लिइएको दाङका प्रहरी प्रवक्ता डीएसपी ईश्वर थापाले जानकारी दिए ।
त्यस्तै १९ वर्षकी ती युवतीलाई सोही ठाउँका १९ वर्षीय किरण चौधरीले फोन गरी विवाह गर्ने प्रलोभन देखाएर बोलाएकाे प्रहरी अनुसन्धानको क्रममा खुलेको छ । किरणले बोलाएपछि गएकी युवतीलाई किरणसहित चार जनाले बलात्कार गरेका डीएसपी थापाले जानकारी दिए ।
सामुहिक बलात्कारको आरोपमा प्रहरीले किरणसहित चारै जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गढवा गाउँपालिका- ५ मंघर बस्ने २४ वर्षका सन्जित चौधरी, १९ वर्षका धिरज चौधरी र २१ वर्षका सन्दिप चौधरी रहेका छन्। उनीहरुलाई हिरासतमा राखेर थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ । देशसञ्चार