Sidha Patra शुक्रबार, आश्विन १८, २०८१

दाङ । मोटर साइकलको ठक्करबाट गम्भीर घाइते भएका विकको मृत्यु भएको छ । मृत्यु हुनेमा लमही नगरपालिका-६ कुलामोहर बस्ने वर्ष ४६ का मंगल विक रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता इश्वर थापाले जानकारी दिए । विक लमही नगर विकास समितिका कार्यालय सहयोगी रहेका थिए । विकलाई बिहीबार हिजो मोटरसाइकलले ठक्कर दिएको थियो ।

पुर्बबाट पश्चिम तर्फ जाँदै गरेको रा ६ प ५४३० नम्बरको मोटर साइकलले बिपरित दिशाबाट आउँदै गरेको साइकल यात्री विकलाई ठक्कर दिंदा लमही गम्भीर घाइते भएका थिए ।

त्यस्तै गम्भीर घाइते विकलाई उपचारका लागि कोहोलपुर रिफर गरिएको थियो । उनको उपचारका क्रममा मृत्यु भएको प्रहरी प्रवक्ता थापाले जानकारी दिए । ठक्कर दिने मोटरसाइकल चालक लमही नगरपालिका वडा नम्बर – ८ बस्ने वर्ष २२ का एरोन चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]