Sidha Patra शुक्रबार, आश्विन १८, २०८१

दाङ । जुवाको खालबाट सात जना जुवाडे बिहीबार पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय दाङकाअनुसार पक्राउ पर्नेमा रुकुम पूर्वको भूमे गाउँपालिका वडा नम्बर –३ घर भई घोराही उपमहानगरपालिका–१४ मा होटल सञ्चालन गरी बस्ने ४० वर्षीय बोधधन रोका, रुकुम पूर्व पुथा उत्तरगङ्गा–११ घर भई घोराही–१५ बस्ने ४१ वर्षका रामचन्द्र बुढा, ५६ वर्षका विष्णु बुढा, ५७ वर्षका ज्योती बुढा रहेका छन् ।

त्यस्तै घोराही–१५ का ४३ वर्षीय अम्मर घर्ती, पुथा उत्तरगङ्गा–११ घर भई घोराही–१४ बस्ने ५६ वर्षीय सुकलाल बुढा र घोराही–१३ बस्ने ४१ वर्षीय दीपक विक पनि पक्राउ परेका जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक ईश्वर थापाले जानकारी दिए ।

यस्तै उनीहरूको साथबाट ५८ हजार चार सय ५५ रुपैयाँ र तीन बुक तास बरामद गरिएको प्रहरीले जनाएको छ । घोराही–१४ मा रहेको कुमारी होटलमा जुवा खेलिरहेको अवस्थामा प्रहरीले उनीहरूलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]