दाङ । देउखुरीको राजपुर गाउँपालिकाले कालिपुरवा र सतबरिया जोड्ने बाटो मर्मत गरेको छ । वर्षायामले गर्दा राजपुर गाउँपालिका वडा नम्बर ३,कालिपुरवा गाउँको सोटामा हिलाम्मे हुने र त्यहाँदेखि दैनिक आवतजावत गर्ने आम नागरिकलाई धेरै कठिनाइ भएको थियो ।त्यस्तै उक्त समस्यालाई केहिँ दिन अघि यस मिडिया मार्फत समाचार सम्प्रेषण भएको थियो । त्यहाँको समस्या मिडिया मार्फत देखेर राजपुर गाउँपालिकाले तत्काल समाधान गरेको राजपुर गाउँपालिका अध्यक्ष शरद कुमार बुढाथोकीले जानकारी दिए ।
यस्तै अध्यक्ष बुढाथोकीले भने’,”हामीले पालिका क्षेत्र भित्र वर्षाले बाटोघाटोमा पुर्याएको क्षतिको दाताहरु संकलन गरेर क्रमशः मर्मत गर्ने र समस्याहरु समाधान गरिरहेका छौं ।” त्यसैले पालिका बासीलाई धैर्य गर्न आग्रह गर्छु । अहिले पालिकाको टिम दैनिक प्रशासनिक कार्य सहित बाटोघाटोहरुमा देखिएको सबै समस्याहरुलाई क्रमशःसमाधान गर्ने कार्य गरिरहेको र सम्बन्धित सम्पूर्ण सरोकारवाला निकायलाई यो विपदको समयमा सक्दो आ-आफ्नो स्थानबाट सहयोग गर्न अध्यक्ष बुढाथोकीले आग्रह समेत गरेका छन् ।