Sidha Patra बिहिबार, आश्विन १७, २०८१

दाङ । देउखुरीको राजपुर गाउँपालिकाले कालिपुरवा र सतबरिया जोड्ने बाटो मर्मत गरेको छ । वर्षायामले गर्दा राजपुर गाउँपालिका वडा नम्बर ३,कालिपुरवा गाउँको सोटामा हिलाम्मे हुने र त्यहाँदेखि दैनिक आवतजावत गर्ने आम नागरिकलाई धेरै कठिनाइ भएको थियो ।त्यस्तै उक्त समस्यालाई केहिँ दिन अघि यस मिडिया मार्फत समाचार सम्प्रेषण भएको थियो । त्यहाँको समस्या मिडिया मार्फत देखेर राजपुर गाउँपालिकाले तत्काल समाधान गरेको राजपुर गाउँपालिका अध्यक्ष शरद कुमार बुढाथोकीले जानकारी दिए ।यस्तै अध्यक्ष बुढाथोकीले भने’,”हामीले पालिका क्षेत्र भित्र वर्षाले बाटोघाटोमा पुर्‍याएको क्षतिको दाताहरु संकलन गरेर क्रमशः मर्मत गर्ने र समस्याहरु समाधान गरिरहेका छौं ।” त्यसैले पालिका बासीलाई धैर्य गर्न आग्रह गर्छु । अहिले पालिकाको टिम दैनिक प्रशासनिक कार्य सहित बाटोघाटोहरुमा देखिएको सबै समस्याहरुलाई क्रमशःसमाधान गर्ने कार्य गरिरहेको र सम्बन्धित सम्पूर्ण सरोकारवाला निकायलाई यो विपदको समयमा सक्दो आ-आफ्नो स्थानबाट सहयोग गर्न अध्यक्ष बुढाथोकीले आग्रह समेत गरेका छन् ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]