
Pbu
Mbdvs
mbd
Gisld
Sds
Rbs

Tsm
Asm
Vor
Ggd
Rgu
Rgs
Sls
Bbbpu
nsb
Hal
Wsp
Sbs
Pvg
Ksm
Bbu
Rsb
Gst
Rgu
Ssm

Pls
bbt
Jmb
Ptm
Jmb
Syp
Abd
Gsb
Bml
sab
Rpp
Rmb
Mks
दाङ । मुख्यमन्त्री ग्रामीण विकास तथा रोजगार कार्यक्रम र जिल्ला समन्व समिति दाङको आयोजनामा घोराही,दंगीशरण तथा गढ़वाको कार्यक्रम सिफ़ारिश समितिबाट छनौट भई यो वर्ष आएको वार्षिक कार्यक्रमलाई जिल्ला व्यवस्था तथा समन्व समितिको आइतबार जिल्ला समन्वय समिति घोराहीमा बैठक बसी कार्यक्रम स्वीकृत भएको छ ।
जिल्ला समन्वय समितिका सभापति जितेन्द्र मान नेपालीको अध्यक्षता तथा प्रदेश सभा सदस्य विमला वलीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त छलफल कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य दामा शर्मा, ईन्द्रजीत थारु,अर्जुन श्रेष्ठ,जिल्ला समन्वय समितिका उपप्रमुख श्रीधर शर्मा,समन्वय अधिकारी सावित्रा पुन (थापा)जिल्ला प्रशासन तथा कृषि ज्ञान केन्द्रको सहभागिता रहेको थियो । सो बैठक कार्यक्रममा दामा शर्माले कार्यक्रमलाई बढी रोजगारी सृजना र उत्पादनमुलक बनाऊनु पर्ने विचार ब्यक्त गर्नु भएको थियो । त्यस्तै कार्यक्रममा सहभागी बोल्ने अतिथि वक्ताहरुले प्रभाबकारिको लागि यो बर्ष अनुगमनलाई बढी जोड़ दिनु पर्ने बताउनु भएको थियो ।
आइतबार सम्पन्न भएको बैठक कार्यक्रममा दंगीशरण गा.पाको कार्यक्रम बारे श्रीधरकुमार राजभण्डारीले जानकारी गराउनु भएको थियो भने घोराहीको कार्यक्रम बारे टीकाबहादुर बस्नेतले र गढ़वाको कार्यक्रम बारे गिरिराज भट्टले प्रस्टाउने गर्नु भएको थियो । त्यस्तै यो वर्ष उपमहानगरपालिकामा ८० लाख,नगरपालिकामा ७० लाख र गाऊपालिकामा ६० लाख बजेट रहेकोे बताइएको छ ।
