बाँके । प्रहरीले दाङको एक गाडी सहित २१ लाख भन्दा धेरैको सामानहरु पक्राउ गरि भन्सार कार्यालयमा बुझाएको छ ।
नेपालगंज उपमहानगरपालिका वडा नम्बर ४ न्यूरोड स्थित भारतबाट नेपाल तर्फ भन्सार छलि ल्याएका ११ क्विन्टल चिनि र उक्त चिनी ढुवानिमा प्रयोग भएको सवारी साधन सहित अन्दाजी २० लाख ८८ हजार बराबरको अबैध सामान पक्राउ गरेको हो ।
त्यस्तै नेपालगंज १ धम्बोझीबाट कुर्ता सुरवाल र बच्चाको जुत्ता सहित अन्दाजी ४९ हजार ७ सय बराबरको समान पक्राउ गरि कुल २१ लाख ३७ हजार ७ सय बराबरको सामानहरु बरामद गरि आवश्यक कारवाहीको लागि नेपालगन्ज भन्सार कार्यालय बाँकेमा पठाएको बाँके जिल्लाका एसपी तुल बहादुर कार्कीले जानकारी दिए ।