
Sds
Pbu
Mbdvs
Rbs
mbd
Gisld

Bbbpu
Rgu
Ksm
Pvg
nsb
Sbs
Rgs
Bbu
Ggd
Rgu
Hal
Asm
Wsp
Sls
Rsb
Gst
Vor
Tsm
Ssm

Jmb
Syp
sab
Gsb
Rpp
Bml
Pls
Mks
bbt
Jmb
Ptm
Abd
Rmb
दाङ । देउखुरीको आदर्श नमुना माध्यमिक बिद्यालय देउपुरको अध्यक्षमा ज्ञान प्रसाद चौधरी सर्बसहमतीबाट निर्बिरोध चयन हुनु भएको छ ।
लमही नगरपालिका वडा नम्बर ६ स्थित बिद्यालयमा सनिबार सम्पन्न अभिभाबक भेलाले चौधरीको नेतृत्वमा नया बिद्यालय ब्यबस्थापन समिति गठन गरेको हो । जसको सदस्यहरुमा निर्मला चौधरी,कर्ण बहादुर पुन,बिनोद चौधरी,शारदा खड्का र मनोनित सदस्यमा अनिता शर्मा चयन हुनु भएको छ ।
भेलालाई संबोधन गर्दै प्रदेश सभा सदस्य सांसद रेवतीरमण शर्माले मुलुक परिबर्तनका लागि शिक्षा अपरिहार्य रहेकाले गुणस्तरिय शिक्षा प्रदानका लागि सबै लाग्नुपर्ने बताउनु भयो । कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका शर्माले विद्यालयले शैक्षिक जनशक्ति उत्पादनमा लगानी अनुसार प्रतिफल प्राप्त गर्न सक्नुपर्नेमा जोड दिनु भयो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रेशमबहादुर खड्काको अध्यक्षता तथा सांसद शर्माको प्रमुख आतिथ्यता एबम् लमही नगरपालिकाकि उपप्रमुख देवका बेलबासेको विशिष्ट आतिथ्यमा कार्यक्रम भएको थियो ।
अभिभावक भेला उद्घाटन कार्यक्रममा लमही नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष गणेशमान चौधरी, लमही नगरपालिका वडा नं. ३ का अध्यक्ष बाबुराम चौधरी, लमही नगरपालिका शिक्षा शाखाका बिद्यालय निरीक्षक भवानी गिरि,शिक्षक अभिभावक संघ का अध्यक्ष शिवलाल पन्थी,बुद्धिजीवी शिक्षा प्रेमी बसन्त राज शर्मा,शिक्षक अभिभावक संघका पुर्व अध्यक्ष बिर बहादुर केसी,पुर्व–प्रधानाध्यापक शशिधर ज्ञवाली,शिक्षा प्रेमी दिलिप राज खनाल लगायत शुभकामना मन्तव्य राख्नु भएको थियो । विद्यालयका प्रधानाध्यापक शिवहरि पोख्रेलको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको संचालन बिद्यालयका शिक्षक कुलचन्द्र पौडेलले गर्नु भएको थियो ।
