
Rbs
Pbu
Gisld
Sds
Mbdvs
mbd

Wsp
Rgs
Vor
Ssm
Pvg
Asm
Rsb
Hal
Sls
nsb
Ksm
Bbu
Rgu
Gst
Bbbpu
Ggd
Sbs
Rgu
Tsm

bbt
Abd
Jmb
Gsb
sab
Jmb
Pls
Mks
Syp
Ptm
Bml
Rpp
Rmb
दाङ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले देशमा पटक–पटक राजनीतिक व्यवस्था बदलिए पनि सत्तासिन दलहरूको राजनीतिक संस्कार नबदलिएको बताउनु भएको छ । बहुमतप्राप्त नेकपा सरकारको प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा नै संसद विघटन गरिएको सन्दर्भ जोड्दै उहाँले यस्तो अभिव्यक्ति दिनु भएको थियो ।
राजमो दाङको आयोजनामा बिहीबार घोराहीमा आयोजित विरोधसभालाई प्रमुख अतिथिको आसनबाट सम्बोधन गर्दै उहाँले यस्तो अभिव्यक्ति दिनु भएको थियो । ‘पटक–पटक राजनीतिक व्यवस्था बदलिए, तर सत्तासिन दलहरूको राजनीतिक संस्कार बदलिएन’ अध्यक्ष केसीले जोड दिनु भयो भने– ‘राणाशासन गयो, पञ्चायती व्यवस्था गयो, आखिरमा राजतन्त्र पनि गयो, तर सत्ता चलाउने दलहरूको संस्कार बदलिएन ।’ उहाँले भन्नु भयो– ‘व्यवस्था बदलिए पनि नेपाली जनताले जनताले कहिल्यै सुखको सास फेर्न पाएनन् ।’ २००७ सालयता कुनै पनि सरकार सरदर छ महिना वा सालभरभन्दा बढी नचलेको बताउँदै उहाँले देशको राजनीतिक इतिहास कोट्याउनु भयो ।
‘२०१५ सालमा चुनाव हुँदा नेपाली काङ्ग्रेसको बहुमतस्वरूप ७४ सिट पाएको थियो’ केसीले अगाडि भन्नुभयो– ‘तर काङ्ग्रेसभित्रकै केही नेताले आफ्नै सरकारको विरुद्ध राजालाई उक्साए; र, संसद विघटन गर्न लगाए ।’ त्यही कारणले गर्दा पनि २०१७ सालको राजनीतिक कू हुन पुगेको उहाँको भनाइ थियो । उहाँले तत्कालीन नेपाली काङ्ग्रेसको त्यस खालको गल्तीको नियती नेपाली जनताले ३० वर्षे निरङ्कुश पञ्चायती व्यवस्थाको रूपमा बेहोर्नुपरेको स्मरण गर्नु भयो ।
‘२०४६ सालको परिवर्तनपछि फेरि विगत बिर्सेर नेपाली जनताले नेपाली काङ्ग्रेसलाई प्रष्ट बहुमत दिए’ उनले भने– ‘तर काङ्ग्रेसमा फेरि त्यही समस्या दोहोरियो ।’ उहाँले भन्नु भयो ।– ‘गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री रहेकै बेला काङ्ग्रेस छत्तिसे र चौहत्तरे गुट बन्यो । छत्तिसे गुट सरकारको विरुद्ध उभिएपछि गिरिजा सरकार ढल्यो; र, २०५१ सालमा मध्यावधि निर्वाचन भयाे ।’ अध्यक्ष केसीले २०५१ सालको मध्यावधि निर्वाचनमा नेपाली जनताले काङ्ग्रेसलाई सबक सिकाएर तत्कालीन नेकपा (एमाले) लाई ठुलो पार्टीको रूपमा उभ्याएको स्मरण गर्नु भयो ।
‘दुःखको कुरा, गिरिजाको सिको मनमोहन सरकारले पनि गरे, उनी संसद विघटन गर्न खोजे पनि त्यतिखेर मध्यावधि निर्वाचन भएन, बरु पछि ज्ञानेन्द्रले बहुदलीय व्यवस्था नै अपहरण गरे’ केसीले इतिहासको सङ्क्षिप्त चित्र प्रस्तुत गर्नु भयो । अहिले सत्तारूढ दलबाट भएको संसद विघटनलाई पनि उहाँले त्यही राजनीतिक संस्कारको रूपमा लिन सकिने उहाँको दावी थियो । ‘अहिले ओली सरकारको पनि तर्क त्यही छ, जो २०५१ सालतिर गिरिजाप्रसादले स्पर्धा भएको थियो’ उहाँले भन्नु– ‘आफ्नो पार्टीभित्रको झगडा मिलाउन नसक्ने, विधिमा बस्न नसक्ने; अनि, मलाई काम गर्न दिएनन् भन्ने !’
उहाँले नेकपाभित्रको झगडा देशमाऔद्योगिकीकरण, रोजगारी, सीमा अतिक्रमण, भ्रष्टाचार, महङ्गीजस्ता देश र जनताको विषयमा नभएको उहाँको भनाइ थियो । ‘माछो बोल्न किन सक्दैन भने आँ गरे मुखमा पानी पस्छ’ नेकपाभित्र भ्रष्टाचारबारे दुवै पक्षमा समान मनोवृत्ति भएको बताउँदै उहाँले भन्नु भयो– ‘भ्रष्टाचार थामथुम पार्न सबै एक ढिक्का हुन्छन् ।’ सो क्रममा उहाँले वाइडबडी, ललिता निवास, ओमनी काण्डका साथै शिक्षा र स्वास्थ्यक्षेत्रमा व्याप्त भ्रष्टाचारको उदाहरण प्रस्तुत गरे । सम्बोधनको क्रममा उनले गुटगत स्वार्थको कारण नै अहिले नेकपामा फुट भएको ठोकुवा गर्नु भयो ।
‘अहिले माधव–प्रचण्डहरू टुहरो पाडोजस्ता भएका छन्’ उहाँले ब्यङ्ग्य गर्नु भयो– ‘उनीहरू परबाट टुलुटुलु हेरिरहेका छन् ।’ उहाँले नाम जे राखे पनि नीतिसिद्धान्त र व्यवहारले नेकपा कम्युनिस्ट पार्टी नभएका पुष्टि भएको उल्लेख गर्दै उनीहरूमा यस खालको संस्कार देखा परेको तर्क गर्नुभ यो । उहाँले अहिले सङ्घीयताको स्थिति ‘खर्च न पर्च काँशी जानुपर्छ’ भनेजस्तो भएको बताए । ‘एक ठाउँमा भएको संसद सात/सात ठाउँमा बाँडिएको छ’ केसीले भन्नु भयो– ‘अब त झगडा सात/सात ठाउँमा फैलिएको छ ।’अध्यक्ष केसीले सङ्घीयता देशले धान्न नसक्ने अवस्थामा पुगेको बताउँदै यसलाई तत्कालै खारेज गर्नुपर्ने आवश्यकतामा जोड दिनु भयो ।
कार्यक्रममा राजमोका कार्यकारी अध्यक्ष रश्मिराज नेपाली र नेकपा (मसाल) दाङका प्रवक्ता भरत भण्डारीले पनि मन्तव्य राख्नु भएको थियो । कार्यक्रममा राजमोका पूर्व केन्द्रीय सल्लाहकार सुरेश थापा, राजमो केन्द्रीय सदस्य कमला जिसी, अखिल नेपाल युवक सङ्घका केन्द्रीय उपाध्यक्ष चित्र एमसी, युवक सङ्घकै पूर्व केन्द्रीय अध्यक्ष काशिनाथ पोख्रेल, अखिल (छैठौं) का केन्द्रीय सदस्य खगेन्द्रा विष्ट, अखिल नेपाल जनजाति सम्मेलनका केन्द्रीय सदस्य रामबहादुर जिएम, जातीय समता समाजका केन्द्रीय उपाध्यक्ष टिका विक, अखिल नेपाल कानुन व्यवसायी सङ्घका केन्द्रीय उपाध्यक्ष नुमानन्द आचार्य, अखिल नेपाल बुद्धिजीवी सङ्घका केन्द्रीय सदस्य केशव खनाल, अखिल नेपाल किसान महासङ्घ (अप्फा) का जिल्लाध्यक्ष ऋषिराम पौडेल, अखिल नेपाल राष्ट्रिय उद्योग व्यापार सङ्घका जिल्लाध्यक्ष जगत् पोख्रेल, अखिल नेपाल महिला सङ्घ दाङकी अध्यक्ष पूर्णिमा आचार्य, सामुदायिक रेडियो प्रसारण सङ्घका शुक्रराज भण्डारी लगायतको आतिथ्यता रहेको थियो ।
राजमो दाङका अध्यक्ष गणेश आचार्यको अध्यक्षता भएकाे कार्यक्रममा रक्तिम सांस्कृतिक अभियानका कलाकारहरूले सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए । राजमो दाङका उपाध्यक्ष महेश रिजालले स्वागत मन्तव्यबाट शुरु भएकाे कार्यक्रमकाे सञ्चालन सचिव बसन्त पौडेलले गर्नु भएको थियो ।
