
Unsku
Cps
Pbu
Sgr
Ggp
Rgp
sbs
Sds
Gis
Rgp
Rmb
Djs
Rgp1
Lnp
Srbpu
cjs
Gfs
Pes
pku

Ssm
Hal
Ggd
Sls
Vor
Rsb
Gst
Rgs
nsb
Rgu
Asm
Sbs
Bbu
Pvg
Rgu
Wsp
Tsm
Bbbpu
Ksm

Rmb
Jmb
Abd
bbt
Jmb
sab
Syp
Mks
Pls
Rpp
Ptm
Gsb
Bml
दाङ । देउखुरीको राप्ती गाउँपालिका भित्रमा लुम्बिनी प्रदेशको राजधानी घोषणा भएपछि गोरखा ग्रुपको पहिलो शिक्षा क्षेत्रमा लगानी भित्राएको छ ।
साविक राप्ती क्षेत्रमा शैक्षिक क्षेत्रको अगुवाई गरिरहेको गोरखा ग्रुपले प्रदेश राजधानीको केन्द्र पर्ने राप्ती गाउँपालिकाको लालमटियामा विद्यालय सञ्चालनका लागि काम सुरु गरेको हो । गोरखा ग्रुपलेले अहिले सञ्चालनमा रहेको दीप बोडिङ स्कूल किनेको छ र २ विगा जग्गा लिजमा लिएको छ । गोरखा ग्रुपका अध्यक्ष क्याप्टेन मानबहादुर बुढाले प्रारम्भिक चरणमा झण्डै २ करोड रुपैयाँ लगानी गरेको जानकारी दिनु भएको छ । उहाँले भन्नु भयो यो हाम्रो सुरुवात हो, यसलाई हामीले रणनीतिक लगानी भनेका छौं र यो पछि विस्तार हुन्छ ।”गोरखा ग्रुप मातहत दाङमै गोरखा इन्टरनेशनल पब्लिक स्कूल, गोरखा सेकेण्डरी स्कूल,तुलसपुर, गोरखा मोडेल स्कूल, भिक्टोरिया इन्टरनेशनल कलेज, गोरखा मोडेल कलेज, स्वर्णीम (गोरख)कलेज सञ्चालनमा छन् भने अन्य क्षेत्रमा समेत लगानी रहेको छ ।
यसअघि घोराही र तुलसीपुर तथा लमहीमा शैक्षिक क्षेत्रमा लगानी गरेको गोरखा ग्रुपले प्रदेश राजधानी घोषणासँगै देउखुरीको राप्ती गाउँपालिकामा लगानी भित्राएको हो । विद्यालय गोरखा ग्रुपकै व्यवस्थापनमा यसैबर्षदेखि सुरु हुने छ । अध्यक्ष बुढाले भन्नु भयो“अहिले ८ कक्षासँग विद्यालय सञ्चालन हुन्छ र बाँकीका लागि गृहकार्य तयारी गर्छौं ।” आफूहरुले भविष्यमा दक्ष जनशक्ति उत्पादनका लागि नमुना योग्य उच्च शिक्षा प्रदान गर्ने शैक्षिक संस्था सञ्चालनको योजना बनाएको अध्यक्ष बुढाको भनाई थियो । गत असोज १६ गते प्रदेश सभाले लुम्बिनी प्रदेशको राजधानी दाङको राप्ती गाउँपालिकालाई केन्द्रमा राखेर राप्ती, गढवा र अर्घाखाँचीको शीतगंगा गाउँपालिकालाई जोडेर प्रदेश राजधानी बनाउने निर्णय गरेको थियो । गोरखा ग्रुपले विद्यालय सञ्चालन गर्न थालेको ठाउँ भालुवाङदेखि २ किलोमिटर पश्चिममा पर्छ ।
