रुपन्देही । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) रुपन्देही जिल्लाले सामूहिक बलात्कारका घटनामा संलग्न दोषीलाई कानूनी कठघरामा ल्याइ हदैसम्म कानूनबमोजिम कारवाही गर्न माग गरेको छ ।
राप्रपा रुपन्देही जिल्लाका अध्यक्ष सागर प्रताप राणाले बुधबार विज्ञप्ती जारी गर्दै घटनाको सत्यतथ्य छानबीन गरी घटना घटाउने दोषी जो कोही भएपनि कानूनी कठघरामा ल्याउन माग गरेका छन् ।
रुपन्देही जिल्लाको कोटहीमाई गाउँपालिका वडा नम्बर ३ निवासी एक किशोरीलाई ललाईफकाई प्रलोभनमा पारी जबरजस्ती सामूहिक बलात्कार भएको घटनाको खबरले राष्ट्रिय प्रजातन्त्र पार्टी जिल्ला कार्यसमिति रुपन्देही स्तब्ध भएको जनाएको छ ।
त्यस्तै पार्टीले यसप्रकारको जघन्य अपराधको घोर निन्दा गर्दछ । साथै पीडित चेलीको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछौं,विज्ञप्तीमा उल्लेख गरिएको जनाइएको छ ।