शिबराज पन्थी/सिधा-पत्र कर्मी शुक्रबार, भाद्र १४, २०८१

दाङ । दक्षिण देउखुरी अधिकार मञ्चद्वारा सञ्चालीत दियालो मूल समितिले बिहिवार गढवामा एक कार्यक्रमको आयोजना गरि बिपन्न र सिमान्तकृत वर्गका महिलाहरुलाई आयआर्जनका लागि घुम्तिकोष वितरण गरेको छ भने सुत्केरी तथा गर्भवती महिला दिदीबहिनीहरुलाई पोषण किट वितरण गरेर तिज बिशेष कार्यक्रम सम्पन्न गरेको छ ।

गढवा–६ की भन्सरा बिकले तिज विशेष कार्यक्रममा अण्डाको क्रेट र हर्लिस डब्बा पाउँदा हौसिइन । दियालो मूल समितिले आयोजना गरेको तिज बिशेष कार्यक्रममा सहभोजका साथै सुत्केरी र गर्भवतीलाई पोषणका सामाग्री पाउँदा उनी खुसी भइन । भिन्सरा मात्र होईन कार्यक्रममा पोषण सामाग्री पाउने पोट्ना कुमाल, शुसीला बुढा लगायतका ६ जना महिला दिदीबहिनीहरुको मुहारमा निकै खुसी छाएको पाईन्थ्यो ।

त्यस्तै गढवा ६ कै रुपा गिरी, कल्पना बुढा, नितु केसी र सिटुल कुमालले समूहले आयोजना गरेको तिज बिशेषमा आयआर्जनका लागि जनही २० हजारका दरले घुम्तिकोष रकम पाउँदा खुसी भए । समूहले तिजको अवसर पारेर यसरी घुम्तीकोषको रकम दिदा हामीलाई हौसला भएको छ–उनीहरुले बताए ।

त्यस्तै गढवा र राजपुर कार्यक्षेत्र रहेको विपन्न र सिमान्तकृत वर्गका नागरिकहरु बिच काम गर्दै आएको दक्षिण देउखुरी अधिकार मञ्चले तिज बिशेष कार्यक्रममा यसरी महिला दिदीबहिनीहरुलाई पोषण किट र घुम्तिकोष वितरण गरेर यस क्षेत्रमै नमूना योग्य काम गरेको कार्यक्रमका प्रमुख अतिथी गढवा गाउँपालिकाका उपाध्यक्ष शारदा कुमारी चौधरीले बताइन ।

दियालो मूल समितिका अध्यक्ष चित्रबहादुर खड्काको अध्यक्षता र गढवा गाउँपालिकाका उपाध्यक्ष शारदा कुमारी चौधरीको प्रमुख आतिथ्यमा कार्यक्रम गरिएको हो । कार्यक्रममा बोल्दै उपाध्यक्ष चौधरीले तिजलाई तडक भडक गरेर होइन मौलीक कला संस्कृतिको संरक्षण गरेर मनाउनुपर्नेमा जोड दिइन । यसरी महिला दिदीबहिनीहरुलाई प्रोत्साहन गर्दै सहभोज गरेर तिज विशेष मनाउनु यस क्षेत्रकालागि दक्षिण देउखुरी अधिकार मञ्चले नमूना योग्य काम गरेको भन्दै कार्यक्रममा उनले प्रशंसा ब्यक्त गरेइन ।

कार्यक्रममा गढवा गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष बिरबहादुर आले मगर, वडा सदस्य तथा न्यायीक समितिका सदस्य रेखा थापा, दक्षिण देउखुरी अधिकार मञ्चका अध्यक्ष देवराज कुँवर, समाज परिवर्तन मूल समिति गोबरडिहाका अध्यक्ष शोभा रातव र ईलाका प्रहरी कार्यालय गढवाका प्रमुख कालिका कार्की लगायतले बोलेका थिए । रुपा गिरीको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन कविता सुवेदीले गरेकी थिइन् ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]