
Bsn
Csb
Ksb
Usb
Rks
Nsb
Fmb
Ksb
Gsb
Ksb
Ppu
Ssb
jsb
Tgp
Ssb
Rsb

Tsb
Usb
Hl1
Ssb
Gsb

Nps
ptl
Rgu
काठमाडौं । शिकार गरेर बँदेल मारेको आरोपमा पूर्वडीआइजी सहित १० जनालाई प्रहरीले पक्राउ गरेको छ ।
सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१ स्थित कोसी पलार क्षेत्रबाट मारिएको बँदेलसहित उनीसहित १० जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
नेपाल प्रहरीका अवकाश प्राप्त प्रहरी नायव महानिरीक्षक (डीआईजी) ज्ञानविक्रम शाह र नेपाल प्रहरी कै बहालवाला प्रहरी नायव निरीक्षक (सई)सञ्जय न्यौपाने सहितलाई पक्राउ परेको प्रहरीले जनाएको छ । न्यौपाने हाल मधेस प्रदेशको बर्दिबासमा कार्यरतत रहेका छन् छन् ।
त्यस्तै पक्राउ परेकाको साथबाट २२ क्यालिवरको राइफल एक थान, राइफलको म्यागजिन दुई थान, गोली १५ थान, वाइनाकुलर तीन थान, ट्राइपोटर्र एक थान, फलामको हथौडा एक थान, खुर्पा एक थान, प्रदेश ३–०१–०२२ च ६८५५ नम्बरको स्कारपियो, को२त ६९ नम्बरको ट्रयाक्टर एक थान र मारिएको बँदेल प्रहरीले बरामद गरेको छ।
यस्तै जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक गजुसिद्धी बज्रचार्यले पक्राउ परेकामाथि वन डिभिजनसँगको समन्वयमा विस्तृत अनुसन्धान भइरहेको समेत जानकारी दिए ।
