
lnp
Dus
Usb
Sgp
Dbs
Rgp
Lks
Rgp
Jns
Rgp
ksb
Pbu
Lnp
Asb
Rgp
Ggp
Ggp


दाङ । राप्ती गाउँपालिका दाङका अध्यक्ष प्रकाश विष्टले युवाहरु खेलकुद र विकासमा जुट्नु पर्ने र लागूऔषध दुर्व्यसनबाट बच्नु पर्नुे बताएका छन् ।
गाउँपालिकाकाे वडा नं. १ शान्तिपुरमा मंगलबार शान्तिपुर युवा क्लबले आयोजना गरेको विशेष भेटघाट कार्यक्रममा अध्यक्ष विष्टले गाउँका युवाहरुलाई खेलकुद र विकास निर्माणमा सक्रिय सहभागी हुन आग्रह गरे ।
त्यस्तै उनले खेलकुदले युवाको शारीरिक तथा मानसिक स्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने मात्र नभई,उनीहरुलाई अनुशासित र जिम्मेवार नागरिक बन्न समेत मद्दत गर्ने बताए । “गाउँको समृद्धि र प्रगति युवाहरुको सक्रिय सहभागितामा निर्भर हुन्छ।खेलकुदमार्फत अनुशासन र परिश्रम सिकिन्छ, जुन गुण विकास निर्माणका कार्यमा पनि अत्यावश्यक हुन्छ। हामीले युवाहरुको शक्ति र क्षमतालाई सही दिशा दिन आवश्यक छ।”,-अध्यक्ष विष्टले भने ।विशेषत: फुटबल खेलमैदानको आवश्यकता औंल्याउँदै खेलकुदको प्रवर्द्धनमा गाउँपालिकाले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । याे अवसरमा अध्यक्ष विष्टले युवाहरुलाई लागूऔषध दुर्व्यसनबाट टाढा रहन पनि आग्रह गरे ।
लागूऔषध दुर्व्यसनले युवाको भविष्य अन्धकारमय बन्ने र समाजमा नकारात्मक असर पुग्ने भएकाले युवाहरु स्वस्थ र सकारात्मक गतिविधिमा संलग्न हुनु पर्ने अध्यक्ष विष्टको भनाइ रहेको थियो । उनले लागूऔषध दुर्व्यसन नियन्त्रणमा समुदायको भूमिका महत्त्वपूर्ण भएको भन्दै सबैलाई सजग र सचेत रहन आग्रह गरे ।
त्यस्तै कार्यक्रममा सहभागी युवाहरुले गाउँपालिकाले युवा लक्षित बजेट र योजना निर्माणको माग राखेका थिए।त्यस्तै उनीहरुले फुटबल खेलमैदान निर्माणलाई प्राथमिकता दिन र युवामैत्री कार्यक्रमहरु ल्याउन अध्यक्ष विष्टलाई आग्रह गरेका छन् । अध्यक्ष विष्टले युवाहरुका मागप्रति सकारात्मक प्रतिक्रिया जनाउँदै आगामी योजनामा यस्ता मागलाई प्राथमिकतामा राखेर कार्यान्वयन गर्ने आश्वासन दिए ।
क्लबका अध्यक्ष निम बहादुर केएमकाे अध्यक्षता एवं राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले प्रमुख आतिथ्यतामा भएको उक्त भेटघाट कार्यक्रममा समाजसेवी,बुद्धिजीवी लगायत युवा क्लबका सदस्यहरुकाे सहभागीता रहेको थियो भने कार्यक्रमकाे सञ्चालन मन्दिप पाेख्रेलले गरेका थिए ।
