
Bsn
Rks
Rsb
Ksb
Csb
Ssb
Gsb
Ksb
Usb
Ppu
Ssb
Tgp
Nsb
jsb
Ksb
Fmb

Gsb
Ssb
Usb
Tsb
Hl1

Nps
ptl
Rgu
जाजरकोट । नलगाड नगरपालिका वडा नम्बर २ माझगाउँमा आज बिहान पहिरोमा परी एकैघरका ३ जनाको मृत्यु भएको छ ।
पहिरोमा पुरिएर मृत्यु हुनेमा नलगाड नपा –२ का ४२ वर्षीय लालबहादुर परियार, ३४ वर्षीया मनिसा परियार, उनीहरूका दुई वर्षीय छोरा शिभम परियार रहेका छन् । उनीहरू भूकम्पपीडितका लागि निर्माण गरिएको अस्थायी टहरामा बसेको नलगाड नगरपालिकाका प्रमुख डम्बर रावतले जानकारी दिए ।
त्यस्तै ईलाका प्रहरी कार्यालय दल्लीका प्रहरी निरीक्षक माधवप्रसाद चौधरीको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा पुगेको नगरप्रमुख रावतले बताए । घटनास्थल नलगाड नगरपालिकाको प्रशासकीय केन्द्र दल्ली नजिकै रहेको छ ।
