दिपक वली/घोराही शुक्रबार, साउन ३२, २०८१

दाङ । गुरुकुल एकेडेमी घोराहीका विद्यार्थीहरुले सोलार कुकर निर्माण गरेका छन । कक्षा ९ का विद्यार्थीहरूले पुरानो डिश प्यानल र साना ऐनाका टुक्राहरूलाई पुनःप्रयोग गरी सोलार कुकर निर्माण गरेका हुन ।

त्यस्तै उनीहरूले निर्माण गरेको सोलार कुकरमा सौर्य ऊर्जा प्रयोग गरी अण्डा पकाउन, पोच बनाउन, र पानी उमाल्न सफलता पूर्वक परीक्षण गर्दै प्रदर्शन समेत गरेका छन । जसले नवीकरणीय ऊर्जा सिद्धान्तहरूको व्यावहारिक प्रयोग देखाउँने गुरुकुल एकेडेमी विज्ञान विषय शिक्षक भुवन आचार्यले जानकारी दिए । यस अवसरमा विद्यार्थी आर्यन घर्तीले आफू र आफ्ना साथीहरूले सोलार कुकर निर्माण गर्न अपनाएको विधि तथा सहकार्य र प्रक्रियाबारे व्याख्या जानकारी दिएका थिए ।

उनीहरूको परियोजनाले समूह कार्य र नवीकरणीय ऊर्जा र दिगो इन्जिनियरिङ सिद्धान्तहरूको व्यावहारिक प्रयोगलाई प्रदर्शन गरेको थियो । साथै निर्माण समुहकि छात्रा यशु बुढाथोकीले सोलार कुकर मोडलहरू बनाउनको शैक्षिक महत्त्वलाई व्याख्या गर्दै आबश्यकता अनुसारको सम्पुर्ण औजार तथा सामानहरु उपलब्ध भएमा अन्य सामानहरु पनि निर्माण गर्न सकिने बताए ।

त्यसैगरी यो व्यवहारिक दृष्टिकोणले नवीकरणीय ऊर्जा अवधारणाहरूको समझलाई बढाउँछ र दिगो प्रविधिमा नवप्रर्वदनलाई प्रोत्साहन दिने गुरुकुल एकेडेमी विज्ञान शिक्षक आचार्यले जानकारी दिए ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]