
syysr
Nssbus7
Ssbus
Jsbus
Rbs
Gsl
Ratbs
Syees
dsbus
Ddhbs
Csbus
Pbu
Bksbus5
gms
Amb
Gsbus

Ksm
Rgu
Rgs
Vor
Bbu
nsb
Sbs
Bbbpu
Rgu
Tsm
Ggd
Sls
Ssm
Rsb
Wsp
Asm
Gst
Pvg
Hal

Syp
Jmb
Pls
Bml
Gsb
Jmb
Abd
Ptm
Mks
Rmb
sab
Rpp
bbt
दाङ । देउखुरीको गढवा गाउँपालिकाले शिक्षामा गुणस्तर सुधारका लागि शैक्षिक योजना निर्माणका लागि बुधबार छलफल कार्यक्रम सम्पन्न गरेको छ ।
गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको अध्यक्षतामा भएको कार्यक्रममा हाल सम्मको शिक्षाको अवस्थाको बारेमा छलफल गरी आगामी दिनमा कसरी शिक्षामा गुणस्तर सुधार गर्दै अघि बढ्ने भन्ने बारेमा बृहत छलफल भएको हो । पालिकाले शिक्षा क्षेत्रको बिकासका लागि योजना निमार्ण गरी अघि बढ्ने बारे छलफल भएको पालिका अध्यक्ष पोख्रेलले जानकारी दिए ।
छलफल कार्यक्रममा गढवाको शिक्षामा गुणस्तर सुधारका लागि योजना निमार्ण गरि अघि बढ्ने छलफल भएको अध्यक्ष पोख्रेलले जानकारी दिए ।कार्यक्रममा समग्र पालिका भित्रका विद्यार्थी र विद्यालयलाई लक्षित गरि शिक्षा क्षेत्रको बिकासका लागि गाउँपालिकाले योजना निमार्ण गर्ने निर्णय भएको अध्यक्ष पोख्रेलले बताए । कालिका स्वावलम्बी सामाजिक केन्द्रसंग साझेदारी गरेर शिक्षाको क्षेत्रमा सकरात्मक सुधार हुनेमा आफु बिस्वस्त रहेको बताए ।
कालिका स्वावलम्बी सामाजिक केन्द्र कपिलवस्तुको आयोजना र युरोपियन युनियन र युनिसेफको आर्थिक सहयोगमा भएको छलफल कार्यक्रममा कालिका स्वावलम्बी सामाजिक केन्द्र कपिलवस्तुका कार्यक्रम व्यवस्थापक हरिश्चन्द्र चौधरीले गढवा गाउँपालिकाले शिक्षामा गुणस्तर सुधारका लागि शिक्षा क्षेत्र योजना निर्माण गर्दा समावेश गर्नुपर्ने महत्वपूर्ण विषयबस्तु र त्यसको प्रावधानको बारेमा जानकारी दिएका थिए ।
छलफल कार्यक्रममा बोल्दै गढवा गाउँपालिका वडा नम्बर ६ का वडाध्यक्ष वीर बहादुर आले मगरले शिक्षामा गुणस्तर सुधार नभएसम्म शिक्षामा खासै उपलब्धि नदेखिने बताए । संस्कार सहितको शिक्षा आजको आवश्यकता भएको बताउदै वडाध्यक्ष आले मगरले समग्र गाउँपालिकाको शिक्षाको अवस्थामा सुधार गर्न सबैको साथ सहयोगको आवश्यकता पर्ने बताए । शिक्षामा गुणस्तर सुधारका लागि शैक्षिक योजना बनाएर सबैको ऐक्यबद्धता र योजना कार्यान्वयनलाई प्रथामिक्ता दिनुपर्ने बताए ।
कार्यक्रमको सहजीकरण कालिका स्वालम्बन सामाजिक केन्द्रले गरेको थियो । कार्यक्रममा गढवा गाउँपालिका सहित दाङ जिल्ला र लुम्बिनि प्रदेशको शिक्षा क्षेत्रको अवस्थाका बारेमा कालिका स्वालम्बन सामाजिक केन्द्र एसईएसपी अफिसर सुजिता शाक्य र कालिका स्वावलम्बी सामाजिक केन्द्रका कार्यकारी निर्देशक रामेन्द्र सिंह रावतले प्रकाश पारेका थिए । छलफल कार्यक्रममा गढवा गाउँपालिका विभिन्न वडाका वडाध्यक्ष, निमित्त प्रमुख प्रशासकीय अधिकृत कैलास चन्द्र चौधरी,शिक्षा शाखा प्रमुख श्याम बहादुर बिक,विभिन्न विद्यालयका शिक्षक, विद्यालय ब्यवस्थापन समितिका पदाधिकारी लगायतको सहभागिता रहेको थियो भने कार्यक्रमको सञ्चालन गढवा गाउँपालिका शिक्षा शाखाका रविलाल माझीले गरेका थिए ।
