तुलबहादुर कवँर मगर/राप्ती गाउँपालिका बिहिबार, साउन १०, २०८१

दाङ । देउखुरीको राप्ती गाउँपालिकाले पालिकाका दुग्ध उत्पादक किसानलाई १२ लाख बढी अनुदान प्रदान गरेको छ।

गाउँपालिकाले आर्थिक वर्ष २०८०/०८१ मा १ सय ५४ जना दूध उत्पादक किसानलाई उत्पादनको आधारमा १२ लाख २९ हजार ५ सय ४० रुपैयाँ अनुदान रकम प्रदान गरेकाे हाे ।

कृषि तथा पशुसेवा कार्यक्रम सञ्चालन कार्यविधि २०७९ संशोधन २०८० अनुसार दर्तावाल डेरी मार्फत र सिधै उपभोक्ता लाई बेच्ने दुबै थरीका किसानलाई प्रतिलिटर ४ रूपैयाँका दरले साे अनुदान रकम प्रदान गरिएको पशु विकास सेवा शाखा प्रमुख दामोदर आचार्यले जानकारी दिए ।

यस हिसाबले आर्थिक वर्ष २०८०/०८१ मा गाउँपालिकामा ३० लाख ७३ हजार ८५ लिटर बढी दुध उत्पादन भएको छ । पालिकाले दिने अनुदान रकम सिधै किसानको बैंक खातामा पठाउने व्यवस्था गरिएको छ । दुधमा अनुदान पाएपछि किसानहरु पशुपालन तर्फ समेत उत्साहित भएका छन् ।

त्यस्तै पालिकामा उत्पादन भएको दुध अधिकाशं पालिका भित्रै खपत हुने र केहि पालिका बाहिर समेत निकासी हुने गरेको छ । पालिकाले समय समयमा दुध बिक्री गर्ने डेरीहरु अनुगमन गर्नुका साथै अटाेमेटिक मिल्क एनलाईजर मेशिनबाट समेत दुधकाे गुणस्तर परिक्षण गर्ने गरेकाे शाखा प्रमुख आचार्यले जानकारी दिए ।

किसानहरुलाई पशुपालनमा प्राेत्साहान गरि पालिकालाई दुधमा आत्मनिर्भर बनाउने उदेश्यले दुधमा अनुदान प्रदान गरिएको राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले बताए । अध्यक्ष विष्टका अनुसार यस आर्थिक वर्षमा पनि साे अनुदान कार्यक्रमलाई निरन्तरता दिइएको छ ।

त्यस्तै पालिकाले गत आर्थिक वर्षमा पनि ७३ जना दुग्ध उत्पादक किसानलाई ३ लाख ४७ हजार ५ सय ६० रुपैयाँ अनुदान प्रदान गरेको थियो ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र ओली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी,खडग ओली, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल

सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]