Sidha Patra बिहिबार, साउन १०, २०८१

बाँके । बाँको जमुनाह भन्सार चेकपोस्ट नजिकैबाट स्रोत नखुलेको रकम बरामद गर्दा राष्ट्रिय अनुसन्धान विभागका सूचकमाथि आक्रमण भएको छ ।

बुधवार बेलुका नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १५ बाट सूचक अर्जुन खड्काले १८ लाख बरामद गरेका हुन् । तर,बरामद रकम नेपालगन्ज–४ स्थित ‘एसएन ब्लु गेमिङ क्लब’का महाप्रबन्धक अर्जुन खनालले चेकपोस्टमा खटिएका प्रहरीकै सामुन्ने खोसेर लगेको आरोप छ । नगद खोसेर लिएपछि क्यासिनोका महाप्रबन्धक खनाल सहितको समूहले सूचकलाई कुटपिट गरेका छन् ।

आक्रमणमा नेकपा एमाले बाँकेका उप–सचिव किशोर थापा पनि संलग्न रहेको आरोप छ । उनीहरुले सूचकलाई बोतल र फलामको कुर्सी प्रहार गरेका हुन् । सूचक खड्काको टाउकोमा ११ वटा टाँका लगाइएको छ । कुटपिटमा संलग्न खनाललाई नियन्त्रणमा लिइएको बाँकेका एसपी तुलबहादुर कार्कीले बताए । एसपी कार्कीले भने– ‘आक्रमणमा चार–पाँच जना संलग्न रहेछन्, उनीहरूबारे अनुसन्धान हुँदै छ ।’

त्यस्तै बरामद रकमबारे आफूलाई जानकारी नभएको एसपी कार्कीले बताए । उनले भने– ‘रकमबारे मलाई थाहा भएन ।’ क्यासिनो सञ्चालकले सो रकम भारतबाट नेपालतर्फ ल्याएका हुन् । नेपालगन्ज उपमहानगरपालिका–४ स्थित न्युरोडमा रहेको कालपत्रु होटलमा क्यासिनो ‘एसएन ब्लु गेमिङ क्लब’ सञ्चालनमा रहेकोे छ ।रातोपाटी

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]