
Lnp
Srbpu
Ggp
Rgp
Sgr
Unsku
Pbu
pku

Rgu
Rgu
Asm
Sls
Pvg
Vor
Wsp
Sbs
Tsm
Hal
Rgs
Gst

Pls
Mks
Syp
Ptm
Rpp
Bml
दाङ । देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर १ भालुबाङका ५५ वर्षीय डम्मरबहादुर जिसीलाई व्यवसाय गर्ने इच्छा जाग्यो ।
स्वास्थ्य चौकी भालुबाङमा २५ वर्षदेखि सहयोगीको भूमिका निर्वाह गरेका डम्मरले वर्षदिनदेखि राप्ती गाउँपालिकामा सिभिल इन्जिनियरको जागिर गरिरहेका छोरा लालबहादुरलाई पनि व्यवसाय नै गर्ने कुरामा सहमत गराए । ०८० असारमा छोराले र ०८० साउनदेखि डम्मरले पनि जागिर छोडे । आर्थिक मन्दीले व्यापार व्यवसाय धरासायी भइरहेका बेला सरकारी जागिर छोडेर नेपाली कागज उद्योग सञ्चालन गरेका जिसी परिवारले आज बाबु छोरामात्रै होइन अरु १८ जनालाई पनि जागिर दिन सफल भएका छन् ।
व्यापार व्यवसाय बन्द भइरहेका बेला सरकारी जागिर नै छोडेर उद्योग सञ्चालनमा लाग्दा जिसी परिवारलाई छरछिमेकलेमात्रै होइन इष्टमित्रले पनि राम्रो गरे भनेनन् । तर जागिरकै क्रममा पनि देशका विभिन्न कागज कारखानामा दाङबाट कच्चा पदार्थ पठाउने काम गरिरहेका जिसीले हार मानेनन् । राप्ती गाउँपालिका–४ पिपरखुटीमा वार्षिक एक लाख भाडा तिर्नेगरी सात कट्ठा जमिन लिजमा लिएर राप्ती कागज कारखाना स्थापना गरेका जिसीले उद्योग सञ्चालनकै पहिलो वर्षमा ९० लाखको कारोबार गर्न सफल भए । ‘पहिलो वर्ष हो । उद्योग, बाँसको भ्याट, कच्चा पदार्थ मेसिनरी सामग्री र विजुलीको व्यवस्थापनमै समय गयो’– उद्योग सञ्चालक जिसीले भने– ‘पहिलो वर्षमै ९० लाख बढीको कारोवार भयो । म सन्तुष्ट छु ।’
उद्योगको उत्पादन र कारोवारले जिसी परिवारलाई सरकारी जागिर बिर्साइदिएको छ । ‘गाउँपालिकामा काम गर्दा पनि ३०÷३५ हजारको जागिर हो’– जिसीले भने– ‘उद्योगबाट त्यति त सजिलै आएको छ जस्तो लाग्छ ।’ डम्मरले उद्योग स्थापना गर्न ४५ लाख लगानी गरेका छन् । मेसिनरी सामान र उद्योगबाहेक बाबियो,लोक्ता खरिद,रसायन जस्ता बस्तुमा उनको लगानी निरन्तर छ । त्यसैले अहिले उद्योगबाट दैनिक विभिन्न साइजका ४ हजार प्रति नेपाली कागज उत्पादन भइरहेको छ ।
‘त्यस्तै २० कोरी कागज उत्पादन हुन्छ । एक कोरीमा २०० प्रति हुन्छ’– सञ्चालक जिसीले भने– ‘यसको बजारमा समस्या छैन । पूर्व–पश्चिम जताततै पुग्छ ।’ उद्योगले २० ग्रामको नेपाली कागजलाई प्रतिगोटा १० रुपैया, २५ ग्रामलाई प्रतिगोटा २५, ३० ग्रामलाई प्रति गोटा ३० र ४० ग्रामकोलाई प्रतिगोटा ५० रुपैयॉमा बिक्री गरिरहेको जनाएको छ । उद्योगले मागअनुसार उत्पादन गर्दै आएको छ । बढी ए–फोर साइजको धेरै खपत हुने उद्योगले जनाएको छ ।
स्वरोजगारमा टेवा
डम्मरबहादुर जिसी आफैले पनि कागज उत्पादनको काम गर्छन । कारखानामा बाबु छोरा दुबै व्यस्त छन् । उनसँगै अरु १८ जना पनि कागज उत्पादनमै व्यस्त हुन्छन् । उनीहरुलाई मासिक तलव छैन । उत्पादनको आधारमा मजदुरहरुले पैसा पाउँछन् । त्यसैले डम्मरबहादुरले मजदुर पनि श्रीमान्, श्रीमतीलाई नै प्राथमिकता दिएका छन् । ‘घरकै श्रीमान् ,श्रीमती आउछन्, दुई जनाले दिनमा दुई हजार बढी कमाउछन्’– जिसीले भने– एक कोरी उत्पादन गरे वापत पाँच सय ४० रुपैयाँ पारिश्रमिक दिन्छौं । महिनामा ७० हजारसम्म कमाएका छन् ।’ जिसीले विदेश जाने प्रवृत्ति बढिरहेका बेला गाउँघरमै रोजगार प्रवर्द्धन गर्न पनि उद्योग सञ्चालन गरेको बताए ।
त्यस्तै नेपाली कागज उत्पादक जिसीले कागजका लागि केही कच्चा पदार्थ स्थानीय स्तरमै प्रशस्त रहेको बताए । बाबियो दाङमै प्रशस्त रहेको तर लोक्ता भने जिल्ला बाहिरबाट ल्याउनुपरेको बताए । एक ट्रक लोक्ता ल्याएकोे आफूलाई वर्षदिन पुगेको उनले बताए । २०८० वैशाख १९ मा उद्योग स्थापना गरी जेठदेखि कागज उत्पादन थालेका जिसीले अबदेखि धुप कागज उत्पादनको तयारीमा छन् । त्यसका लागि राप्ती गाउँपालिकाले आर्थिक सहयोग गरेको भन्दै जिसीले धुप कागज उत्पादनका लागि अरु चारजना कामदार थप्न थालेको बताए ।

