Sidha Patra सोमबार, साउन ०७, २०८१

दाङ । देउखुरी पब्लिक स्कुलले विविध कार्यक्रम गरी आइतबार गुरु पूर्णिमा मनाएको छ ।

लमही नगरपालिका वडा नम्बर ६ देउपुरमा रहेको स्कुलले विविध कार्यक्रम गरी गुरु पूर्णिमा मनाएको हो । स्कुलका विद्यार्थीहरुद्वारा आयोजना गरिएको कार्यक्रममा गुरुहरु प्रर्ति श्रद्धाभाब झल्कने खालको विभिन्न प्रस्तुतिहरु प्रस्तुत गरेका थिए ।त्यस्तै उनिहरुले गुरुहरुप्रती श्रद्धाभाव प्रकट गर्दै गुरुहरुलाई टीका लगाइदिएर केक लगायतका खानेकुरा दिएर गुरुहरुबाट आशिर्वाद ग्रहण गरेका थिए । कार्यक्रममा विद्यार्थीहरुले गुरुप्रति श्रद्धाभाव झल्कने विभिन्न नृत्य,गित,कविताहरु प्रस्तुत गरेका थिए ।विद्यालयका कप्तान युवराज डाँगीको अध्यक्षता तथा
सो विद्यालयका प्रधानाध्यापक भु-माण्डप केसीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रमुख अतिथि केसीले विद्यार्थीहरुले गुरुप्रति देखाएको श्रद्धाभावले आफू अत्यन्तै खुशी भएको बताए ।त्यस्तै उनले आफ्ना विद्यार्थीहरुको विभिन्न प्रस्तुति र विद्यालयमा गुरुहरुले पढाएर सिकाएको ज्ञान र सीपलाई कार्यक्रममा प्रदर्शन गरेको देख्दा आफु धेरै खुशी भएको समेत बताए । प्रधानाध्यापक केसीले देउखुरी पब्लिक स्कुलले अन्य विद्यालयको तुलनामा फरक किसिमले विभिन्न कार्यक्रमहरु आयोजना गरेर विद्यार्थीहरुलाई सैद्धान्तिक ज्ञानसंगै व्यावहारिक ज्ञानहरु समेत प्रदान गर्दै आएको बताए । कार्यक्रमको प्रमुख अतिथि समेत रहेका केसीले आगामी दिनमा विद्यालयले बालबालिकाहरुलाई सैद्धान्तिक ज्ञानसंगै फरक किसिमको व्यावहारिक शिक्षा प्रदान गर्ने योजना बनाइरहेको बताएका छन् ।

कार्यक्रममा विद्यालयका शिक्षक,विद्यार्थीहरुको बाक्लो उपस्थितिमा सम्पन्न भएको उक्त कार्यक्रमको संचालन विद्यालयका छात्र प्रभात महर र छात्रा ड्रिस्मा बोहराले गरेकी थिईन ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]