
Amb
Ddhbs
gms
Syees
dsbus
syysr
Csbus
Rbs
Bksbus5
Jsbus
Ratbs
Nssbus7
Gsbus
Ssbus
Gsl
Pbu

Hal
Rsb
Ssm
Bbu
nsb
Bbbpu
Ggd
Ksm
Pvg
Wsp
Sls
Vor
Asm
Rgu
Gst
Rgs
Tsm
Rgu
Sbs

Ptm
Jmb
sab
Mks
Gsb
Rpp
Bml
Syp
bbt
Rmb
Abd
Pls
Jmb
दाङ । देउखुरी पब्लिक स्कुलले विविध कार्यक्रम गरी आइतबार गुरु पूर्णिमा मनाएको छ ।
लमही नगरपालिका वडा नम्बर ६ देउपुरमा रहेको स्कुलले विविध कार्यक्रम गरी गुरु पूर्णिमा मनाएको हो । स्कुलका विद्यार्थीहरुद्वारा आयोजना गरिएको कार्यक्रममा गुरुहरु प्रर्ति श्रद्धाभाब झल्कने खालको विभिन्न प्रस्तुतिहरु प्रस्तुत गरेका थिए ।
त्यस्तै उनिहरुले गुरुहरुप्रती श्रद्धाभाव प्रकट गर्दै गुरुहरुलाई टीका लगाइदिएर केक लगायतका खानेकुरा दिएर गुरुहरुबाट आशिर्वाद ग्रहण गरेका थिए । कार्यक्रममा विद्यार्थीहरुले गुरुप्रति श्रद्धाभाव झल्कने विभिन्न नृत्य,गित,कविताहरु प्रस्तुत गरेका थिए ।
विद्यालयका कप्तान युवराज डाँगीको अध्यक्षता तथा
सो विद्यालयका प्रधानाध्यापक भु-माण्डप केसीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रमुख अतिथि केसीले विद्यार्थीहरुले गुरुप्रति देखाएको श्रद्धाभावले आफू अत्यन्तै खुशी भएको बताए ।
त्यस्तै उनले आफ्ना विद्यार्थीहरुको विभिन्न प्रस्तुति र विद्यालयमा गुरुहरुले पढाएर सिकाएको ज्ञान र सीपलाई कार्यक्रममा प्रदर्शन गरेको देख्दा आफु धेरै खुशी भएको समेत बताए । प्रधानाध्यापक केसीले देउखुरी पब्लिक स्कुलले अन्य विद्यालयको तुलनामा फरक किसिमले विभिन्न कार्यक्रमहरु आयोजना गरेर विद्यार्थीहरुलाई सैद्धान्तिक ज्ञानसंगै व्यावहारिक ज्ञानहरु समेत प्रदान गर्दै आएको बताए । कार्यक्रमको प्रमुख अतिथि समेत रहेका केसीले आगामी दिनमा विद्यालयले बालबालिकाहरुलाई सैद्धान्तिक ज्ञानसंगै फरक किसिमको व्यावहारिक शिक्षा प्रदान गर्ने योजना बनाइरहेको बताएका छन् ।
कार्यक्रममा विद्यालयका शिक्षक,विद्यार्थीहरुको बाक्लो उपस्थितिमा सम्पन्न भएको उक्त कार्यक्रमको संचालन विद्यालयका छात्र प्रभात महर र छात्रा ड्रिस्मा बोहराले गरेकी थिईन ।

