Sidha Patra शुक्रबार, साउन ०४, २०८१

दाङ । देउखुरीको राजपुरमा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ ।

राजपुर गाउँपालिका वडा नम्बर ६ राजपुर निवासी ६२ वर्षीय बुद्धिराम चौधरी बाख्रा चराउन गएको समयमा बुकी लेखबाट लडेर मृत्यु भएको ईलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक कालिका कार्कीले जानकारी दिइन ।

विगत तीन वर्षदेखि स्थानीय टंकप्रसाद चौधरीको घरमा बुद्धिराम गाई, बाख्रा चराउने काम गर्दै आएका थिए । साउन १ गते बाख्रा चराउन गएका बुद्धिराम घर नफर्किएपछि उनको खोजी कार्य थालिएको प्रहरी निरीक्षक कार्कीले बताइन् ।

त्यस्तै चौधरीको खोजी गर्दै जाने क्रममा उनी गंगदी सामुदायिक वन उपभोक्ता समुहको बुकी लेखबाट खसेर मृत्यु भएको अवस्थामा बिहीबार शव फेला परेको हो । उनको शव पोष्ट मार्टमको लागि अहिले लमही अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]