
Rgp
Srbpu
Unsku
Sgr
Ggp
pku
Pbu
Lnp

Pvg
Gst
Sls
Rgu
Wsp
Vor
Rgs
Asm
Rgu
Tsm
Hal
Sbs

Rpp
Ptm
Bml
Syp
Pls
Mks
काठमाडौँ । एक हप्ता अघि त्रिशूलीमा दुई वटा डिलक्स बस त्रिशूलीमा खस्दा बेपत्ता भएका २३ जनाको शव फेला परेको छ ।
चितवनको भरतपुर महानगरपालिका वडा नम्बर २९ स्थित सिमलतालबाट नदीमा खसेको बसमा सवार २३ जनाको शव भेटिएको सशस्त्र प्रहरी बलका सह- प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए ।
सह-प्रवक्ता थापाका अनुसार ९ जनाको सनाखत हुन सकेको छैन । सनाखत नभएका शवहरु ८ जना पुरष र १ जना महिलाको छ । असार २८ मा काठमाडौँबाट गौर जाँदै गरेको बागमती प्रदेश –०३–००१ ख २४९५ नम्बरको गणपति डिलक्स र बीरगञ्जबाट काठमाडौँतर्फ आउँदै गरेको बागमती प्रदेश–०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स त्रिशूलीमा खसेका हुन् । बसमा सवार अन्य यात्रु र दुवै बस बेपत्ता रहेको छन् ।
त्यस्तै भरतपुर महानगरपालिका स्थित गोलाघाट, पूर्वी नवलपरासीमा पर्ने ब्यारेज पुल, गण्डक नहर र नवलपरासी पश्चिमको त्रिवेणीमा शव भेटिएका हुन् । पूर्वी नवलपरासीमा १६ वटा शव भेटिएको छ ।
फेला परेका शवहरु:
१. ऋषिपाल शाह, भारत
२. विकाश परियार, चितवन
३.रमित कुमार माझी, सर्लाही
४. जय प्रकश ठाकुर, भारत
५. सजाद अन्सारी, भारत
६. सुदिप बिक, चितवन
७. प्रमानन्द पण्डित, बारा
८. किशोर कुमार चौधरी, गणपति डिलक्सको चालक ।
९. अशोक कुमार यादव, रौतहट
१०.ऋषिकुमार सिंह, रौतहट
११. विवेक कुमार, भारत
१२. जितेन्द्र राम महरा, सर्लाही
१३. चन्द्र प्रभा कुमारी, पर्सा
१४. अमृता कुमारी, रौतहट ।
अरु ९ जनाको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।
